हिमालय रोडिज’को छैटौं सिजन आगामी असोज १४ गतेदेखि प्रसारण हुने

Uncategorized मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । साहसिक रियालिटी शो ‘हिमालय रोडिज’को छैटौं सिजन आगामी असोज १४ गतेदेखि प्रसारण हुने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शोको नयाँ सिजनबारे जानकारी दिइयो । प्रत्येक सोमबार राति ९ बजे हिमालय टिभी एचडीबाट कार्यक्रम प्रसारण हुनेछ । ‘वेलकम टु द जंगल’को थिममा निर्माण भएको नयाँ संस्करणमा चार जना ग्याङ लिडर हुनेछन्, जसले आफ्नो टिमलाई जिताउन प्रयास गर्नेछन् । कार्यक्रमको होस्टको रुपमा रेमनदास श्रेष्ठ फर्किएका छन् । पहिलो सिजनदेखि चौथोसम्म उनी होस्टको रुपमा थिए । पहिलो सिजनदेखि नै ग्याङ लिडरको रुपमा रहेका आशिष राना लाउरे, दीया मास्के, सिजन ३ देखि निरन्तर अनुपविक्रम शाही र गत सिजनदेखि अनुबन्धित प्रियंका कार्की यसपटक पनि छन् । यसपटक चारजना ग्याङ लिडरको टिमबाट रोचक प्रतिस्पर्धा गराइएको निर्देशक सिमोस सुनुवारले बताए । जंगलको थिममा कार्यक्रम निर्माण भएको हुँदा जर्नी राउण्डको सबैजसो एपिसोड जंगल सर्भाइभलमा आधारित रहेको र अघिल्ला सिजनभन्दा निकै रोमाञ्चक बनेको निर्देशक सुनुवारले बताए । पाँच हजार भन्दा धेरै आवेदकबाट छानिएका उत्कृष्ट प्रतिभालाई छानेर अडिसनमा सहभागी बनाइएको छ । एमटीभी इण्डियाको संरचनामा आधारित भएर २०७५ सालदेखि नेपालमा प्रसारण भएको हिमालय रोडिज सिजन ६ सम्म यात्रा गर्ने पहिलो फ्रेन्चाइज रियालिटी शो हो । ‘युवापुस्ताबीच अत्यन्तै लोकप्रिय टिभी कार्यक्रमको रुपमा रोडिजले आफूलाई स्थापित गरिसकेको छ’ हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले भने, ‘हामीले हरेक सिजनलाई थप गुणस्तरीय र रोचक बनाउन कोसिस गरिरहेका छौं ।’ यसपटक पनि रोडिजको शीर्ष प्रायोजकमा यामाहा मोटरसाइकल छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *