कला संस्कृतिको जर्गेनामा सांस्कृतिक कला विकास समूह

कला/साहित्य मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

कला संस्कृति राष्ट्रको सम्पत्ति भन्ने मुल नाराका साथ विगत केहि बर्ष देखि विविध सांस्कृति कार्यक्रमहरु सञ्चालन गर्दै आएको सांस्कृति कला विकास समूह, नेपालले समयसापेक्ष कार्यक्रम गर्ने क्रममा गत हप्ता पनि एक विविध सांस्कृतिक एवं सम्मान समारोह २०७९ आयोजना गरेको थियो । कार्यक्रममा पहिलो थ्री डि किताबको लोकार्पण गरिएको थियो । सो कार्यक्रममा पुर्व राज्यमन्त्री तथा भद्रकुमारी सेवासदनकी अध्यक्ष भद्रकुमारी घले लगायतका कला क्षेत्र र सामाजिक सेवामा कार्यरत बिभिन्न ब्यत्तित्वहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमा स्वागत मन्तब्य राख्ने क्रमामा संस्थाकी कोषाध्क्ष रन्जु राई कटुवालले संस्थाको परिचय दिदै स्वागत गर्नु भएको थियो । नेपाल भौगोलिक विविधताल भरिएको बहु सांस्कृतिक बहु धार्मिक र बहुु भाषिक सहित अनेकतामा एकता रहेको देश हो । यहाँ विविध संस्कृति बिच अनेकतामा एकता र सौहार्दता कायम रहेको पाईन्छ । यस परिवेशमा संस्थाले बिभिन्न जात जाति भाषा संस्कृति भेष भुषा र कला संस्कृतिको जर्गेना गर्न समयसापेक्ष बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ र भविष्यमा पनि यस्ता कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने साथै जुन कुनै जात जाति धर्म संस्कार भएपनि समानरुपमा नेपाली कला सांस्कृतिको खोज अनुसन्धान गरी लोप हुन लागेका कला संस्कृतिलाई जोगाउने कार्यमा संस्था लागि पर्ने जानकारी संस्थाले दिएको छ । आगामी कार्यक्रमहरुमा जिज्ञासा राख्दा अबका दिनहरुमा पनि संघर्षरत तथा पिछडिएका कलाकारहरुलाई सहयोग प्रदान गरी प्रतिभालाई हौसला प्रदान गर्ने र सामाजिक विकासका कार्यमा योगदान प्रदान गर्ने विशिष्ठ ब्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । संस्थाले नेपाली कला संस्कृति, कलाकार र समाजसेवीका लागि निरन्तर कार्यक्रम सञ्चालन गर्नेछ । संस्थाको उद्देश्य परिपुर्तिका लागि हाम्रो तर्फबाट पनि शुभकामना ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *