हर्नामाडी मकवानपुर’ बोलको गीतको भिडियो सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

हेटौंडा । हेटौंडाको बुध्दचौकबाट १७ किलोमिटरमा पर्ने यो गन्तब्य आन्तरिक तथा वाह्य पर्यटन प्रवद्धनका लागि निकै सम्भावना बोकेको सुन्दर क्षेत्र हो हेटौंडा उपमहानगर पालिका वडा नं. १८ हर्नामाडी । यसैको सेरोफेरोलाई समेटिएको ‘हर्नामाडी मकवानपुर’ बोलको गीतको सुन्दर भिडियो सार्वजनिक भएको छ । ऐतिहासिक मकवानपुर गढी, गुम्बा डाँडा, गौरक्ष ताल, मठमन्दिर, खेतबारिका फाँटहरुको लोभलाग्दो दृश्य कैद गरिएको भिडियोमा कलाकारहरुले पनि त्यतिकै आकर्षक प्रस्तुति दिएका छन् । वकिल राज बानियाको शब्द, रचना रहेको गीतको भिडियो हेटौंडा उपमहानगर पालिका १८ हर्नामाडीको सहकार्यमा निर्माण भएको हो । भिडियोले बाह्य र आन्तरिक पर्यटकहरुलाई आकर्षित गराउनुका साथै नयाँ पुस्तालाई आफ्नो क्षेत्रमा रहेको महत्वपूण स्थानहरुको जानकारी समेत गराउने छ । वकिलराज बानिया र अस्मिता थापाको स्वर रहेको भिडियोमा अस्मिता भट्टराई, मनिष क्षेत्री, सविना खतिवडा, लक्ष्मी घलान, रोशनी बराइली, रित दियाली, प्रमिश अधिकारी, स्वस्तिाका बानिया, मोहित बिक, अमिर बिक, आशिष बिक, सुष्मिता अधिकारी, रजिना योञ्जन, करिश्मा लो, अञ्जली लो, सोममाया भोलन लगायतका कलाकारको अभिनय रहेको छ भने संगीत सुमन तामाङ, क्यामरा, सम्पादन मनोज बानिया, निर्देशन वकिलराज बानियाको रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *