प्रधानन्यायाधीशमा कार्की सिफारिस

समाचार
खवर पाटी (खोज खबरको अभियान)

संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीशको जिम्मेबारीमा रहेका हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । परिषद्को सोमबार साँझ बसेको बैठकले कार्कीको नाम सिफारिस गरेको हो ।

संवैधानिक परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्तापछि संवैधानिक परिषद्को बैठक बसेको हो ।

चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका थिए । उनी उमेर हदका कारण अवकाश भएपछि ११ असोज २०७९ मा कामु प्रधानन्यायाधीशको भूमिकामा थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *