यो विजयलाई विकासमा बदल्ने सङ्कल्प गर्ने बेला हो: प्रचण्ड

समाचार
खवर पाटी (खोज खबरको अभियान)

पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने संकल्प गर्ने बेला भएको बताएका छन् । मध्यपुर थिमी नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट विजयी उम्मेदवारलाई शनिबार बिहान निवास खुमलटारमा बधाई दिँदै उनले यस्तो बताएका हुन् । ‘निर्वाचन अघि पनि जितेर आउने प्रतिवद्धता व्यक्त गरेर जानुभएको थियो, अहिले जितेर आउनुभएकोमा तपाईहरू सबैलाई बधाई र कार्यकालको शुभकामना छ ।’

उनले मध्यपुर थिमी भक्तपुरको एउटा ऐतिहासिक नगरपालिका भएको उल्लेख गर्दै जनताको पक्षमा हुने काम कारबाहीको प्रभाव र असर सिंगो भक्तपुरमा पर्ने बताए । मध्यपुर थिमीमा निर्वाचित जनप्रतिनिधिबाट राम्रो काम भए एकाधिकार भएर बस्नेहरूलाई पनि भोलिका दिन चुनौति दिन सकिने उनको धारणा थियो । अध्यक्षले भने, ‘त्यहाँका जनताको विकास निर्माण, शिक्षा स्वास्थ्य रोजगारी, सफाई सूचना लगायतका तपाईंहरूका काम कारबाहीको प्रभाव सिंगै भक्तपुर, उपत्यका र देशैभरि पनि सन्देश दिने स्थानमा तपाईँहरू आउनुभएको छ ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *