वैदिक संवत् ५०९० आरम्भ

समाचार
खवर पाटी (खोज खबरको अभियान)

कामाडौं । वैदिक नयाँ वर्ष आरम्भ भएको अवसरमा ऊँ श्री वातावरण शुद्धिकरण अभियान अग्निहोत्राश्रमले वैदिक नयाँ वर्षको स्वागत एवं शुभकामना अर्पण गरेको छ । द्वापार युगको अन्त्य भई कलियुग आरम्भ भएको ५०८९ वर्ष पुरा भई कलि संवत् ५०९० शुरु भएको अवसरमा आश्रमका संरक्षक अग्निहोत्री गुरु डा. सीताराम खनालले शुभकामना सन्देश दिनुभएको हो । युगहरु मध्ये सबैभन्दा छोटो मानिने कलियुगको आयु ४ लाख ३२ हजार वर्ष रहेको छ । जसमध्ये अहिले सम्म ४ हजार ८९ वर्ष पुरा भएको छ ।

                                वैदिक नयाँ वर्षलाई स्वागत

आज २०८१ साल मंसिर महिनाको १६ गतेका दिनबाट  वैदिक  नयाँ वर्ष(कलि संवत्सर ५०९०) प्रारम्भ भएको छ। द्वापर युगको समाप्त भै कलियुग प्रारम्भ भएको ५०८९ वर्ष पुरा भई आज बाट कलि संवत् ५०९० शुरू भएको हो । युगहरू मध्ये सबै भन्दा छोटो यो कलियुग आफैको आयु ४ लाख ३२ हजार वर्ष रहेकोमा अहिले सम्म जम्मा ५ हजार ८९ वर्ष बितिसकेको छ। अब कलियुगको आयु ४ लाख २६ हजार ९ शय ११ वर्ष बाँकी छ। आश्‍विन: युगम् – ११, वत्सर – ५ ( चान्द्र: अनल: संवत्सर – ५०), उदगयनम्, शिशिर ऋतु, तपः मास, शुक्‍ल प्रतिपदा तिथियुक्त वैदिक नववर्ष ५०९० लाई स्वागत छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *