प्रधानमन्त्री दाहाल अमेरिकाको न्युयोर्कबाट आज चीन भ्रमणमा जाने

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्युयोर्कबाट आज चीन भ्रमणमा जाने भएका छन् । चीनका समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट आज चीन भ्रमणमा जान लागेका हुन् । आज राति साढे १ बजेको फ्लाइटबाट प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली चीन जान लागेको हो । न्युयोर्कबाट प्रचण्ड चीनको हाङझावमा अवतरण गर्नेछन् । प्रचण्डको चीन भ्रमण सात दिनको हुनेछ ।

चीनमा भोलि एसियाली खेलकुदको उद्घाटन हुँदैछ । उक्त कार्यक्रममा प्रचण्ड सहभागी हुनेछन् । त्यसपछि प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङसँग भेट्नेछन् । सात दिने चीन भ्रमणमा समकक्षी ली क्वानसँग पनि प्रधानमन्त्री प्रचण्डले छलफल गर्नेछन् । त्यसैगरी नेशनल कंग्रेसका अध्यक्ष ‍झाओ लेजीसँग बेइजिङमा द्विपक्षीय भेटवार्ता गर्दैछन् ।

त्यसैगरी उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्‍ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल-चीन लगानी सम्मेलनमा पनि प्रधानमन्त्री प्रचण्डको सम्बोधन हुने सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले चोङकिङ नगरपालिकामा कृषि र औद्योगिक  विकासको निरीक्षण गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, खानेपानी मन्त्री महिद्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलगायत रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड असोज १३ गते नेपाल फर्कनेछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *