काठमाडौं । गएरातिदेखि परेको अविरल बर्षाको कारण दार्चुलाको सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा ठूलो क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढी र पहिरोमा परि अहिलेसम्म ५ जनाको मृत्यु भएको छ। मृत भेटिनेमा ७७ वर्षीय नन्दराम बोहरा, ६८ वर्षीय मोहनराज पार्की, ३० वर्षीया जानकी ठगुना, १२ वर्षीया धनौली ठगुन्ना र एक जनाको परिचय खुलेको छैन ।
Facebook Comments Box