काठमाडौँ- टुँडिखेलमा आयोजित माघी कार्यक्रमको भीडभाडमा च्यापिएर घाइते हुनेको संख्या ११ पुगेको छ । माघे संक्रान्तिको अवसरमा मगर र थारू समुदायले आयोजना गरेको अलग-अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भीडभाडमा च्यापिएर घाइते भएका हुन् ।
घाइते भएका ११ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए । घाइतेहरूको अवस्था सामान्य रहेको उनले बताए ।
भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरू धेरै हुँदा टुँडिखेलको गेटमा भीडभाड बढेको थियो । प्रहरीले यस क्रममा लाठी चार्ज गरी भीड नियन्त्रणमा लिएको छ ।
भीडमा परेर एक जना प्रहरी जवान पनि घाइते भएको परिसर प्रवक्ता ढुंगेलले बताए ।
घाइतेहरूको विवरण
१. जिल्ला खोटाङ हलेशी तुवाचुङ नगरपालिका वडा नं. १० घर भई हाल ललितपुर पाटन ढोका बस्ने वर्ष १२ को त्रिसना मगर (टाउकोमा चोट बोल्न सक्ने)
२. जिल्ला सिन्धुपालचोक घर भई हाल ललितपुर जिल्ला चामुण्डा बस्ने वर्ष १२ की अन्जना तामाङ (निधारमा चोट बोल्न सक्ने)
३. जिल्ला धादिङ गंगा जमुना गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौँ जिल्ला फुटुङ बस्ने वर्ष १९ की रेजिना घले (निधार र मुखमा चोट बोल्न सक्ने) ।
४. जिल्ला धनकुटा घर भई हाल ललितपुर जिल्ला चाखुपाट बस्ने वर्ष १६ की निकिता मगर (अनुहारमा चोट बोल्न सक्ने) ।
५. जिल्ला बर्दिया राधापुर नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौँ जिल्ला नयाँबजार बस्ने वर्ष ३० की रेखा चौधरी (पेटमा चोट बोल्न सक्ने) ।
६. जिल्ला प्युठान खलङगा गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौँ जिल्ला फुटुङ बस्ने वर्ष १६ की अनिसा के.सी. (दाहिने हातमा चोट बोल्न सक्ने) ।
७. जिल्ला कैलाली भजनिया नगरपालिका वडा नं. ३ घर भई हाल ललितपुर भैसेपाटी बस्ने वर्ष २५ की कल्पना चौधरी (टाउकोमा चोट बोल्न सक्ने) ।
८. जिल्ला सुनसरी धरान उप-महानगरपालिका वडा नं. ३ घर भई हाल काठमाडौँ जिल्ला वनस्थली बस्ने वर्ष २२ की मन्दिरा बस्नेत (बायाँ खुट्टा र कानमा चोट बोल्न सक्ने) ।
९. जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. २२ बस्ने वर्ष ४० की मिना थापा (बेहोस अवस्थामा ल्याएको हाल बोल्न सक्ने) ।
१०. जिल्ला कैलाली घोडाघोडी गाउँपालिका घर भई काठमाडौँ जिल्ला सितापाइला बस्ने वर्ष १९ की रिजा रेस्मी मगर (निधारमा पेटमा चोट बोल्न सक्ने) ।
११. जिल्ला रोल्पा घर भई हाल कोशी प्रदेश तालिमकेन्द्र दरबन्दी भई त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्र.ज. पृथ्वी बुढामगर (बायाँ खुट्टामा चोट बोल्न सक्ने) ।