“एसियाली करातेमा सहभागी हुन,नेपाली टोली चीन प्रस्थान”

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

मित्र राष्ट्र चीनको हाङझाव शहरमा यही सेप्टेम्बर २० देखि २२ तारिखसम्म आयोजना हुने २० औं एसियाली सिनियर कराते प्रतियोगितामा सहभागी हुने १९ ओै एशियाडकी रजत पदक विजेता एरिका गुरुङ्ग सहित ११ खेलाडी र अफिशियल गरि १८ सदस्यीय टोली चीन प्रस्थान गर्ने भएको छ । उक्त टोलीलाई मंगलबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसङ्गले एक कार्यक्रमबीच बिदाइ गर्नु भयो ।
पुरुष तर्फ -६० केजीमा मिनबहादुर तामाङ,-६७ केजीमा सन्तोष श्रेष्ठ
,-८४ केजीमा मोहम्मद शेखु आलम,८४ केजी भन्दा माथि आशिष श्रेष्ठ र एकल काता तर्फ स्वनिम मानन्धर प्रतिस्पर्धा गर्नेछ ।त्यसैगरि महिला तर्फ -५५ केजीमा जिया कार्की,-६१ केजीमा निरुपा दोङ तामाङ,६८ केजी भन्दा माथि १९ ओै एशियाडकी रजत पदक विजेता एरिका गुरुङ ले प्रतिस्पर्धा गर्नेछ ।त्यसैगरि एकल काता तर्फ एलिसा रास्कोटी मगरले प्रतिस्पर्धा गर्नेछिन भने टिम काता तर्फ एलिसा रास्कोटी मगर, मेघा लिम्बू र टप्पी थापाले प्रतिस्पर्धा गर्नेछिन ।
नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाको नेतृत्वमा सहभागी हुने टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ,मन्डेकाजी श्रेष्ठ,त्यसैगरि
टिम व्यवस्थापकमा नेपाल कराते महासंघका उपाध्यक्ष मजेन्द्र सिंह र
नेपाल कराते महासंघका सदस्य रवि महर्जनले गर्नेछ ।
प्रतियोगिताअघि सेप्टेम्बर १८ तारिखमा हुने एसियाली कराते महासंघको कंग्रेसमा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङ सहभागी हुनेछ।
बिदाई कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ,राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक शोभित राज प्रसाई,राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्ट लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *