काठमाडौं । वेवारिसे शवका व्यवस्थापक विनजंग बस्नेतले आगामी स्थानीय निर्वाचनमा वडा अध्यक्ष पदमा उम्मेदवारी दने घोषणा गरेका छन् । उनले आफ्नै स्थानीय क्षेत्र ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं ७, चाङ्खाथलीमा वडा अध्यक्ष पदमा उम्मेदवारी दिने. घोषणा गरेका हुन् । बस्नेतले कुनै दलबाट नभई स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।
‘अब गाउँ अनि देश परिवर्तन विकास र निकासका लागि नयाँ रोजौं, नयाँ खोजौ’ भन्ने परिस्थिति सुहाउँदो नारा उनले दिएका छन् । बस्नेतले अब राजनैतिक परिवर्तन ल्याउने उचित समय आएको छ, परिवर्तन सम्भब छ । बहुदल आएदेखि सधैं उही दल, उही पार्टी र एउटै प्रतिनिधि मात्र आइरहेकोले परिवर्तनका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिन लागेको बताए ।
लामो समयदेखि वेवारिसे शव दाहसंस्कार गर्दै आएका बस्नेतले असहाय जनताहरुका लागि सेवा र सद्भाव पु¥याएर समाजसेवाको क्षेत्रमा राम्रो काम गरेका छन् । सामाजिक कार्यहरुमा अग्रसर भएर सेवामा खटिइरहेका बस्नेत समाजसेवाको क्षेत्रमा निकै चर्चित पनि बन्न पुगेका छन् । निस्वार्थ भावना र अहोरात्र समाजसेवामा खट्न सक्ने निर्भिक र निडर व्यक्तित्वको छवि बनाएका विनय वस्नेतको उम्मेदवारी दिने घोषणाले महालक्ष्मी नगरपालिका र स्थानीय वडा नं ७ का जनताहरु उत्साहित रहेको बुझिउको छ ।