आजको मौसम: केही क्षेत्रमा पानी पर्ने, धेरै स्थानमा बदली हुने

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम सोमबार आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले मनसुनी वायुको सामान्य प्रभाव देशभर रहेको मौसमविदले बताएका छन्।

हाल पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

सोमबार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली हुनेछ । प्रदेश १ र बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

अबको २४ घण्टामा प्रदेश १ र बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्नेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *