आजदेखि इमाडोलमा १ महिने निःशुल्क स्वास्थ्य जाँच सञ्चालनमा

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

ललितपुर । आरा मेडिसिनद्धारा ललितपुर इमाडोलको नयाँ बस्तीमा एक महिने निःशुल्क स्वास्थ्य जाँच सञ्चालन भएको छ । विगत लामो समयदेखि आयुर्वेद पद्दतीबाट जटिलभन्दा जटिल रोग निर्मुल पार्दै आइरहेको आरामेडिनिले आज शनिबार विहान ७ बजेदेखि ९ बजेसम्म आफ्नै भवनमा सुगर, प्रेसर र अक्सिजन जाँच निःशुल्क प्रदान गर्न लागेको हो ।

समाजमा सुगर र प्रेसरका रोगी दिनप्रतिदिन बढ्दै गइरहेको र यस रोगले पछि दिर्घकालिन स्वास्थ्य समस्या ननिम्त्योस् भन्ने उद्देश्यका साथ पहिलेनै सचेत रही स्वास्थ्य जाँच गराएर खतरबाट बच्न उक्त शिबिर सञ्चालन गर्न लागेको आरामेडिसिनका अध्यक्ष मृगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
एक महिनासम्म हुने उक्त शिविरमा कम्तीमा पनि पाँच हजार टोल बासीहरुलाई प्रत्यक्ष रुपमा स्वास्थ्य जाँचका साथ परामर्श पनि प्रदान गरिने छ । आरा मेडिसिनले संसारमै कतै निको नभएको बोन म्यारो क्यान्सरलाई पनि निको पार्न सफल भइसकेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *