ललितपुर क्षेत्र नं. १ मा राप्रपाको नयाँ कार्य समिति गठन

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

ललितपुर  । निर्वाचनको मिति घोषण भएसंगै राप्रपा कार्यकर्ताले आफ्नो गतिबिधिलाई तिब्र बनाएको छ । यसै क्रममा शनिबार ललितपुरको क्षेत्र नं १ महाँकाल गाउँ पालिकामा निवर्तमान अध्यक्ष मुकुन्द घिमिरेको प्रमुख आतिथ्यतामा केन्द्रिय सदस्य बिनोद खड्का, क्षेत्रीय अध्यक्ष बिक्रम लामा, प्रदेश ‘क’ का अध्यक्ष जय खड्का, ‘ख’ तर्फ विश्व राज न्यौपाने, दुर्गा प्रसाद घिमिरे र आन्दोलन परिचालन समिति सदस्य राजकुमार महर्जन लगायत पार्टीका बिविन्न तहमा बसेर कार्य सम्पादन गर्नु हुनेहरुको उपस्थितिमा माधव प्रसाद घिमिरेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । नयाँ गठित कार्य समितिले पार्टीको निर्देशन अनुसार गतिबिधिलाई तिब्रता दिइने आन्दोलन परिचालन समितिका सदस्य राजकुमार महर्जनले जानकारी गराए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *