सगरमाथा बहुउद्देश्यीयको साधारण सभा सम्पन्न

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लि. ले हालै बाइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बालुवाटार काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट राममती पियाद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन, आगामी आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमीक तोक्ने सम्बन्ध, लाभांश वितरण सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार पूँजी तथा दायित्व तर्फ चालु आ.व. मा संस्थाको शेयर पूँजी १ करोड २१ लाख ७५ हजार ८ सय रुपैयाँ, जगेडा कोष १४ लाख ७७ हजार ६ सय ४ रुपैयाँ ५७ पैसा, बचत तथा निक्षेप दायित्व २१ करोड ७ लाख ४२ हजार ३ सय १५ रुपैयाँ ६३ पैसा, वैधानिक तथा अन्य दायित्व ७ लाख ५० हजार २ सय ३९ रुपैयाँ ७८ पैसा, बाह्रय ऋण तथा सापटी ५ लाख रुपैयाँ, चालु दायित्व तथा व्यवस्था ६ लाख ५७ हजार ६५ रुपैयाँ १८ पैसा, कर्जा नोक्सानी व्यवस्था ३९ लाख ३९ हजार ८ सय २० रुपैयाँ ८९ पैसा, आयकर दायित्व ४३ लाख ९ हजार ३९ रुपैयाँ ६८ पैसाको भएको छ भने संस्थाको कूल करोबार २३ करोड ४७ लाख ८६ हजार ७ सय ८५ रुपैयाँ ७४ पैसाको भएको छ । त्यसैगरि सम्पती तर्फ संस्थाको नगद मौज्दात २७ लाख ८६ हजार १६ रुपैयाँ ६५ पैसा, बैंक मौज्दात १ करोड १४ लाख ३० हजार ५ सय ९६ रुपैयाँ ४५ पैसा, लगानी १ करोड १० लाख ५ सय रुपैयाँ, कर्जा तथा सापटी लगानी २० करोड ५० लाख ७५ हजार ७ सय २० रुपैयाँ ५० पैसा, स्थिर सम्पती १९ लाख १५ हजार ७ सय ६३ रुपैयाँ ८३ पैसाको भएको छ । साधारण सभा संस्थाकी अध्यक्ष राममती पियाको सभापतित्वमा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *