‘माछा चिन्ह’ रहेका डा. ज्ञान बस्नेत घर दैलोमा व्यस्त

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । यतिबेला देशैं भर चुनावी चहलपहल छ । खास गरी दलका उम्मेदवार बाहेक स्वतन्त्र उम्मेदवारप्रति पनि जनआकर्षण बढ्दै गएको देखिन्छ । राजनीतिक दलका उम्मेदवार जस्तै स्वतन्त्र उम्मेदवार पनि घर दैलो गरिरहेका छन् । यसै मेसोमा प्रतिनिधि सभा सदस्यमा काठमाण्डौं क्षेत्र नं. ९ बाट स्वतन्त्र उठेका डा. ज्ञान बस्नेतले पनि घर दैलो कार्यक्रमलाई पनि तिव्रता दिएका छन्, घर दैलोको क्रममा बलम्बुमा पुग्नु भएका स्वतन्त्र उम्मेदवार डा. बस्नेत आफु जित नजिक पुगी सकेको दावा गर्छन् ।

तपाईको यस क्षेत्रमा उम्मेदवारी किन भनेर जिज्ञासा राख्दा डा. बस्नेत भन्छन् संस्कारको राजनीतिको वकालत र सुत्रपातका लागि, राष्ट्रिय स्वाधिनताको रक्षा र वकालतको लागि, युवाहरुलाई राजनीतिमा आकर्षण गर्नका लागि, राजनीतिलाई सर्वसाधारण जनतासँग जोड्नका लागि, दण्डहिनता, कुशासन, भ्रष्टाचार र हरेक खालको अन्याय र अत्याचारको विरुद्धमा हो ।‘यो उम्मेदवारी दलिय व्यवस्थाको विरुद्धमा पटक्कै हैन, तर हाम्रामा दलिय यन्त्रले उत्पादन गरेको भयावह राजनीतिक विकृति र भागवण्डाको विरुद्ध समेतमा हो ।’ उनी भन्छन् । काठमाण्डौं क्षेत्र नं. ९ का स्वतन्त्र उम्मेदवार डा. ज्ञान बस्नेतको चुनाव चिन्ह ‘माछा’ रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *