काठमाडौं । हालै विद्युतकर्मी बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्नो सत्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
बागबजार काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष रामकुमार थेवेद्वारा प्रस्तुत संस्थाको वार्षिक प्रतिवेदन, लेखा संयोजकद्वारा प्रस्तुत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन, आ.व. २०७८/०७९ को लेखा परिक्षण प्रतिवेदन, आ.व. २०७९/०८० को आय÷व्यय विवरण, लाभांश घोषणा सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको पूँजी तथा जगेडा कोष ८ करोड ९६ लाख ७० हजार ५ सय ५५ रुपैयाँ ४४ पैसा, शेयर पूँजी ४ करोड ८४ लाख ८८ हजार ४ सय रुपैयाँ, जगेडा तथा अन्य कोषहरु २ करोड ७५ लाख ६२ हजार २ सय ८७ रुपैयाँ ३५ पैसा, अन्य कोषहरु १ करोड ३६ लाख १९ हजार ८ सय ६८ रुपैयाँ ९ पैसा, बचत तथा निक्षेप १७ करोड ८५ लाख २६ हजार ७ सय १६ रुपैयाँ ७१ पैसा, चालु दायित्व तथा व्यवस्था १ करोड ८६ लाख ५४ हजार ९ सय ६२ रुपैयाँ ६८ पैसा, कर तथा दायित्व १ करोड ६४ लाख ३२ हजार १ सय ८० रुपैयाँ २१ पैसा, कर्जा नोक्सानी २२ लाख २२ हजार ७ सय ८२ रुपैयाँ ४७ पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको कुल करोबार २८ करोड ६८ लाख ५२ हजार ३ सय ३४ रुपैयाँ ८४ पैसाको भएको छ । अन्य विविध कार्यक्रम गरि संस्थाका अध्यक्ष रामकुमार थेवेको सभापतित्वमा साधारण सभा सम्पन्न भएको थियो ।
Facebook Comments Box