प्राकृतिक बचतको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । प्राकृतिक बचत तथा ऋण सहकारी संस्था लि. ले हालै संस्थाको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । महालक्ष्मीस्थान ललितपुरमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष कृष्ण प्रसाद तिमल्सिनाद्वारा प्रस्तुत संस्थाको वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिद्वारा प्रस्तुत प्रतिवेदन, आ.व. २०७८/०७९ को लेखा परिक्षण प्रतिवेदन, आ.व. २०७९/०८० को संशोधित अनुमान तथा आ.व. २०८०/०८१ को अनुमानित बजेट सम्बन्ध, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, लाभांश वितरण सम्बन्ध, विनियम संशोधन सम्बन्ध, संस्था एकीकरण तथा संचालक समितिमा रिक्त रहेको सदस्यहरुको पदपूर्ति सम्बन्ध, व्याजदर परिवर्तन सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयरपूँजी ६ करोड ६७ लाख १ हजार रुपैयाँ, जगेडाकोष १ करोड ५५ लाख ९२ हजार ३ सय ४७ रुपैयाँ ६० पैसा, अन्य कोषहरु २ करोड १६ लाख २९ हजार ५ सय १४ रुपैयाँ ४६ पैसा, ऐच्छिक कोष हिसाब १ करोड ४९ लाख ३० हजार ८ सय ७७ रपैयाँ २ पैसा, जम्मा शेयर सदस्य पूँजी ११ करोड ८८ लाख ५३ हजार ७ सय ३९ रुपैयाँ ८ पैसा, निक्षेप दायित्व ५२ करोड ५१ लाख २० हजार ४ सय ४४ रुपैयाँ ५४ पैसा, चालु दायित्व २ करोड ३४ लाख ७ हजार ८९ रुपैयाँ ९७ पैसा, आयकर व्यवस्था ९ लाख ३४ हजार ३ सय ९९ रुपैयाँ ३२ पैसा, जम्मा चालु दायित्व तथा व्यवस्था २ करोड ४३ लाख ४१ हजार ४ सय ८९ रुपैयाँ २९ पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको जम्मा पूँजी तथा दायित्व ९५ करोड ६७ लाख ७२ हजार ७ सय ७४ रुपैयाँ ८४ पैसाको भएको छ । साथै साधारण सभाले रिक्त रहेको पदपूर्तिका लागि संस्थाको उपाध्यक्षमा इन्द्र कुमारी थापा, सचिवमा उद्धव तिमल्सिना, कोषाध्यक्षमा गोबिन्द घिमिरे र संचालक सदस्यमा अप्सरा दुलाललाई चयन गरेको छ भने लेखा संयोजक लक्ष्मी विष्ट, सदस्यहरुमा मनोज बराल र हरिचन्द्र घिमिरेलाई चयन गरेको छ । साथै अन्य विविध कार्यक्रम गर्दै संस्थाका अध्यक्ष कृष्ण प्रसाद तिमल्सिनाको सभापतित्वमा साधारण सभा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *