मल्टिस्टार बचतमा पुनः साखको नेतृत्व

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । हालै सम्पन्न मल्टिस्टार बचत तथा ऋण सहकारी संस्था लि. को तेह्रौं वार्षिक साधारण सभाले संस्थाको संचालक समितिको अध्यक्षमा पुनः अनसन साखलाई निर्वाचित गरेको छ ।
पेप्सीकोला काठमाडौंमा सम्पन्न सो साधारण सभाले उपाध्यक्षमा विष्णु श्रेष्ठ, सचिवमा बन्दना घिमिरे तथा कोषाध्यक्षमा धिरज बुढाथोकीलाई निर्वाचित गरेको छ भने साधारण सभाले संचालक सदस्यहरुमा लेखनाथ घिमिरे, अञ्जली ताम्राकार , अस्मिन सिटौला, सुशिला दाहाल तथा काजिलाल श्रेष्ठलाई निर्वाचित गरेको छ ।

साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को संस्थाको वार्षिक प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत वासलात, नाफानोक्सान हिसाब, आ.व. २०७८/०७९ को लेखा परिक्षण प्रतिवेदन, लाभांश वितरण सम्बन्ध, आ.व. २०७९/०८० को लागि लेखा परिक्षक नियुक्ती सम्बन्ध, निर्वाचन, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ । साधारण सभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयरपूँजी ३ करोड ११ लाख २ हजार २ सय रुपैयाँ, कोष हिसाब १ करोड ७१ लाख ४९ हजार २ सय ८२ रुपैयाँ, बचत तथा निक्षेप २१ करोड ९ लाख ८४ हजार ६ सय ४८ रुपैयाँ, चालु दायित्व तथा अन्य ७७ लाख ६३ हजार ८ सय ८९ रुपैयाँ, कर दायित्व ६ लाख २ हजार ३ सय २१ रुपैयाँको भएको छ भने चालु आ.व. मा संस्थाको जम्मा करोबार २६ करोड ६६ लाख १२ हजार ३ सय ४० रुपैयाँको भएको छ । अन्य विविध कार्यक्रम गर्दै संस्थाका अध्यक्ष अनसन साखको सभापतित्वमा साधारण सभा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *