राखेपमा प्रसाईको विदाई, सिंहलाई निर्देशकको जिम्मेवारी

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईको अवकास भएपछि रिक्त पदमा विष्णुबहादुर सिंहलाई निर्देशकको जिम्मेवारी दिएको छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार परिषद्मा एक कार्यक्रमकाबीच प्रसाईको विदाइ गर्दै सिंहलाई जिम्मेवारी पत्र प्रदान गर्नुभएको थियो । निर्देशक सोभितराज प्रसाईंले ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकास पाउनु भएपछि रिक्त पदको जिम्मेवारी विष्णुबहादुर सिंहलाई दिइएको हो। कार्यक्रममा सोभितराज प्रसाईंलाई मायाको चिनो प्रदान गरी बिदाइ गरिएको थियो। त्यस्तै हालै विभागको उपनिर्देशकको जिम्मेवारी पाउनु भएका अरुणा गुरुङ, राजेश्वरमान स्थापित र जगदीशप्रसाद भट्टलाई सफल कार्यकालका लागि शुभकामना दिइएको थियो। उहाँहरुलाई राखेप कार्यकारी समितिका सदस्यद्वय कमलबहादुर भट्टराई र भानबहादुर चन्दलगायतले नयाँ जिम्मेवारी पाएकोमा बधाइ दिदै सोभितराज प्रसाईलाई बिदाइ गर्नु भएको थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *