परियोेजनाको अभिमूखीकरण सम्पन्न

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

विश्वविद्यालय अनुदान आयोगले विश्व बैंकको ऋृण सहयोगमा सञ्चालनमा ल्याएको उच्चशिक्षामा विशिष्टताको प्रवर्द्धनकार्यक्रम (ल्गचतगचष्लन भ्हअभििभलअभ ष्ल ज्ष्नजभच भ्मगअबतष्यल एचयनचबm–ल्भ्ज्भ्ए) अन्तगर्तको विस्तारित कार्यसम्पादनमा आधारित अनुदान(भ्हतभलमभम एभचायचmबलअभ द्यबकभम ँगलमष्लन ) कार्यक्रम तथा गुणस्तर सुनिश्चिता प्रत्यायन सम्बन्धि अन्तरक्र्रिया नुवाकोट आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

उक्त अन्तक्र्रिया कार्यक्रममा बोल्नु हुदै अध्यक्ष श्रेष्ठले २०४२ मा स्थापना भएको ऐतिहासिक क्याम्पसले बिभिन्न आरोह अवरोहका कारण पछि परेको र आगामी दिनमा सवै सरोकारवालाहरुको अपनत्व लिने वातावरण तय गरी छिटै क्यू ए ए प्रमाणिकरण गर्ने प्रतिवद्धता गर्नुभयो । सो अवसरमा बोल्नु हुदै उहाले क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीलाई बिहानदेखि दिउसो र वेलुकी सत्रमा समेत संलग्नहुने वातावरण बनाउने तथा अनुसन्धान तथा बृत्तिबिकासका लागि आवश्यक नीति तथा कार्यक्रम तय गरिने धारणा राख्नु भयो ।

सो कार्यक्रमा स्व.बि.यू सभापति रविन दाहालले क्याम्पसलाई क्यु ए. ए. प्रमाणीकरणका लागि सम्पूर्ण बिद्यार्थी एकजुट भई लाग्ने बिचार राख्नु भयो ।
सो कार्यक्रममा क्याम्पस प्रमुख नारायणमान डंगोलले आगामी परीयोजनाबाट अत्याधिक कार्य सम्पन्न गर्ने तथा निकट भबिष्यमा नै क्यू.ए.ए. प्रमाणीकरणका लागि आवश्यक कार्य गर्ने, क्याम्पसका प्राध्यापक तथा कर्मचारी बिद्यार्थीहरुको समस्यालाई समाधान गदै पद्धतीको बिकास गर्ने धारणा राख्नु भयो ।
सो कार्यक्रमका संयोजक सुकुमान डंगोलले गुणस्तर सुनिश्चिता प्रमाणीकरणको आवश्यकता, प्रक्रियाका सरोकारहरुको उत्तरदायित्व तथा जिम्वेदारी, क्यू.ए.ए.का सूचांकहरु तथा क्याम्पसको अवस्थाका सन्दर्भमा आफ्नो प्रस्तुती राख्नु भयो । सो सन्दर्भमा उहाँले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पद्र्या गर्न सक्ने, बजारको माग बमोजिमको मानवश्रोत उत्पादनका लागि पाठ्यक्रम निर्माण गर्ने, बिद्यार्थीहरुको कक्षा छोड्ने तथा असफलताको दर न्यूनिकरण्का लागि आवश्यक कार्यहरु क्रमशः गर्दै जाने बिचार राख्नु भयो ।

सो अवसरमा उहाँले दाश्रो उच्चशिक्षा परीयोजनाको समीक्षा तथा संयोजक दिपेन्द्र श्रेष्ठको योगदानको कदर गर्दै उच्चशिक्षा सुधार परीयोजनाको समेत समीक्षा गर्नु भयो । साथै उहाँले विस्तारीत कार्यसम्पादनमा आधारीत अनुदान परीयोजनका सम्बन्धमा बृहत रुपमा चर्चा गर्नु भयो । सो कार्यक्रम स्व.वि.यू सचिव राजेन्द्र पनेरुले गुणस्तर सुनिश्चितताको प्रमाणीकरणका कार्य छिटो टुङ्गयाउन र क्याम्पसको शैक्षिक सुधार गरी उतीर्ण प्रतिशत बढाउन आवश्यक कार्य गर्न सुझावदिनु भयो ।

नेपाल राज्यको मानचित्रमा मध्यमाञ्चल विकासक्षेत्रको वागमती प्रदेशअन्तर्गत राजधानी काठमाडौंको उत्तर– पश्चिमदिशामा अवस्थित नुवाकोटको एक अब्बल क्याम्पस नुवाकोट आदर्श बहुमुखी क्याम्पस रसुवा, नुवाकोट र धादिङ्गको एक ऐतिहासिक पृष्ठभूमीले सज्जित क्याम्पस, त्रिदेशिय मार्ग पासाङ ल्हामु राजमार्गमा अवस्थित यस क्याम्पस हाल बहुसंकायमा स्नाकोत्तर तहसम्मको पठन पाठन भईरहेको छ । बि.सं. २०४२ साल माघमा स्थापित क्याम्पस बिभिन्न आरोह अवरोह पार गर्दै आफ्नो गतीमा अघि बढिरहेको छ । भौतिक, भौगोलिक, शैक्षिक ब्राण्डको हिसाबले यो क्याम्पस आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।
क्याम्पस परीवर्तन गर्न र बिकास गर्नका लागि बिभिन्न प्रयासहरु भएका छन् । यी प्रयासहरु मध्ये बिश्वबिद्यालय अनुदानआयोगद्धारा संचालित उच्चशिक्षा परीयोजनामा सी स्कीममा छनोट भई उच्चकार्य सम्पादन गर्न सफल भयो भने सन् २०१५ देखी २०२० अवधिका उच्चशिक्षा सुधार परीयोजना सम्पन्न भई सकेको छ ।
गुणस्तरीय शिक्षा प्रदान गर्नु पर्छ र उच्चशिक्षालाई अन्तराष्ट्रिय मापदण्ड अनुसारको बनाउनु पर्छ भन्ने अभिप्रायले २०६८ सालदेखि नै गुणस्तरीय सुनिश्चितता प्रत्याभुति (क्यू ए ए ) प्रक्रियामा अघि बढेको थियो । क्यू ए ए प्रक्रियाका १२० वटा मापदण्डहरु अन्र्तगतका कतिपय सुचकहरु पुरा गर्दै अघि बढ्ने क्रम तथा २०७२ सालको भुकम्पको प्रभावका कारण २०७२ साल मंसिर १ गते स्व अध्ययन प्रतिबेदन पेश भई २०७६ सालअसार ७ गते देखि ९ सम्म प्रा.डा. बासुदेव काफ्लेको संयोजकत्वमा गठित समितिद्धारा प्रि भिजिट सम्पन्नभई सकेको छ । सो समितिले क्यू ए ए प्रमाणीकरण गर्नका लागि बिभिन्न आठ वडा बिधामा आवश्यक सुझावहरु प्रदान गरेको छ ।

हाल क्याम्पसले प्रिभिजिबाट प्राप्त सुझावहरुलाई पूरा गर्ने चरण रहेको छ । क्याम्पसको हातालाई ब्यवस्थित तथा आर्कषक, क्यान्टिनको ब्यवस्थापन, शिक्षक तथा कर्मचारीको ब्यवस्थापन, कक्षाकोठालाई डिजिटलाईजन जस्ता कार्यहरु सम्पन्न भई सकेको छ । सवै मापदण्डहरु लगभग पूरा भई सकेको र क्याम्पस र बिभिन्न संघ संस्थाहरुको सम्बन्धका कारण क्याम्पसको भौतिक तथा शैक्षिक गतिबिधिहरुमा आमुल परीवर्तन हुदै गएको छ । क्याम्पस प्रमुख सुकुमान डंगोलले बिशेष गरेर क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुलाई बर्क एण्ड स्टडीमा केन्द्रिकृत गर्नका लागि क्याम्पसका प्राध्यापकहरुको टिमबाट अध्ययन गर्ने कार्य भईरहेको बताउनु भयो । निकट भविष्यमा नै बिभिन्न दातृ निकाय तथा संघ संस्थाहरुको सहकार्यका बिद्यार्थीहरुलाई रोजगारीको सृजनाका साथै दिगो आर्थिक बिकासमा लगाई कामको लागि बिदेशिने वातावरणको अन्त्यगर्ने लक्ष्य रहेको बताउनु भयो ।

नेपालको संविधान २०७२ ले देश भरमा ३ तहको सरकार र शिक्षाका अधिकार सुनिश्चित गर्नका लागि तीनै तहमा शैक्षिक अधिकारहरु समेत प्रत्यायोजन गरेको छ । यसरी हेर्दा नुवाकोट आर्दश बहुमुखी क्याम्पस भौगोलिक, राजनैतिक तथा जनघनत्वको हिसावले पनि वागमती प्रदेशको प्रादेशिक विश्वबिद्यालयको रुपमा छलाङ्ग मार्न जरुरी छ । क्याम्पसको भौतिक संरचनालाई भरपुर उपयोगमा ल्याई तीन तहको सरकारसंग उचित सम्मन्वय गर्न सकेको खण्डमा प्रादेशिक बिश्वबिद्यालयको परीकल्पना साकार हुनेछ । नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा मानबिकि, शिक्षाशास्त्र र ब्यवस्थापन संकायतथा ११, १२ कक्षा, स्नातक, स्नाकोत्तर तहमा गरी करीब १८०० बिद्यार्थीहरु अध्ययनरत छन् । करीव७००० बिद्यार्थीहरुले ग्राजुएट हासिल गरी देश तथा बिदेशको बिभिन्न क्षेत्रमा उच्चओहदामा आशिन हुनपुगेको छ । करीब ३५ जना प्राध्यापक कर्मचारी कार्यरत छन् । आगामीदिनमा बि एड आई सि.टि, बि आईटि, बिसिए, बिएचएम, बिबिए लगायतका नया ँबिषय थप गर्ने योजना रहेको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *