एभरेष्ट म्याराथनको शान्तिदिप काठमाडौंमा

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा मे २९ मा सगरमाथा वेसक्यम्पमा यस वर्ष पनि तेञ्जिहिलारी एभरेष्ट म्याराथन हुँदैछ । म्याराथनमा विश्वभरीका धावकहरु सहभागीता जनाउन आउने क्रम जारी रहेको छ । म्याराथनमा सगरमाथा वेशक्याम्प सम्म पुराउने शन्तिदिप यतिबेला काठमाडौं आइपुगेको छ । बुद्धजन्मस्थल लुम्बिनीबाट किर्तिमानी धावक बैकुण्ठ मानन्धरको नेतृत्वमा ल्याइएको शान्तिदिप काठमाडौंको बौद्ध, स्वयंभूहुँदै वेशक्याम्प तर्फ लगिएको छ । शन्तिदिप जागरणमा नेपाल, भारत, श्रीलंका, थाइल्याण्ड, वर्मा लगायतका देशबाट आएका बौद्ध भिक्षुहरु उपस्थित भई शान्ति पाठ गरेका थिए । लुम्बिनीबाट वेशक्याम्प सम्म शान्तिदिप ल्याउने समुहमा धावकहरु बाबुराजा श्रेष्ठ, उमेश मानन्धर, दिपक बहादुर तामा, अर्जुन घिमिरे, रमेश सुनार क्रियाशील रहेका छन् । म्याराथन हिमालायन एक्स्पिडियशनको आयोजनामा हुन लागेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *