टी-२० विश्वकपमा नेपालको खराब शुरुवात, नेदरल्याण्डससँग पराजित

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- जारी टी-२० विश्वकपमा नेदरल्याण्डससँग नेपाल पराजित भएको छ । मंगलबार राति भएको खेलमा नेपाल नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १०७ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १८.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

नेपालले खेलमा विकेट लिने थुप्रे अवसर गुमाएको थियो । नेदरल्याण्डससँग खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा दुवै ओपनरलाई गुमाइ सकेको थियो । नेदरल्याण्डसको जितमा म्याक्स ओ डाउडले अविजित ५४ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले एक एक विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा अल आउट हुँदै १०६ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए भने गुलशन झाले १४, कारण केसीले १७ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले ७, आसिफ सेखले ४, अनिल शाहले ११, कुशल मल्लले ९, दिपेन्द्र सिंह ऐरीले १ र सोमपाल कामी शून्यमा आउट भएका थिए ।

त्यस्तै नेदरल्याण्डसका बलर लोगान भान बीक र टिम प्रिंगलले ३-३ विकेट लिए भने बास डी लीड र पाउल भान मीकेरेनले २-२ विकेट लिएका थिए । सोमपाल कामी र कप्तान रोहित पौडेल क्याच लिने अवसरबाट चुकेका थिए । यो जितपछि नेदरल्याण्डसले समुह डी मा महत्वपूर्ण २ विकेट हासिल गरेको छ । अब नेपालले अर्को खेल जुन १२ मा श्रीलंकाविरुद्ध खेल्ने छ भने नेदरल्याण्डसले जुन ८ मा दक्षिण अफ्रिकाविरुद्ध खेल्ने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *