मित्र राष्ट्र बंगलादेशमा यही सेप्टेम्वर २२ देखि सन्चालन भएको दोश्रो कविर ज्वेल स्मृती अन्तराष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन नेपाललाई १ स्वर्ण ३ रजत र १ कास्य पदक प्राप्त भएको छ । उक्त प्रतियोगितामा चिल्ड्रेन १०-११ बर्ष समुहमा शुसान्त कार्कीले नेपाल लाई पहिलो स्वर्ण दिलाएका हुन भने महिला चिल्ड्रेनको १२-१३ बर्ष मा प्राश्ना ढकालले काता र कुमिते दुवै तर्फ रजत पदक प्राप्त गर्न सफल भए उनि कुमितेमा सेमिफाईनलमा बंगलादेशलाई पराजित गर्दै फाईनलमा भारतसंग समान ८-८ अंक प्राप्त गर्दै ईन्चोसेनको आधारमा पराजित हुन पुगेकी थिईन । त्यसैगरि चिल्डेन कै पुरुष तर्फ कै कातामा सुशान्त खडका र प्राश्ना ढकाल ले रजत र शिद्धार्थ खनाल ले कास्य पदक नेपाललाई दिलाए । चिल्ड्रेन कातामा सुशान्त खडका बंगलादेश र प्राश्ना ढकाल भारत संग पराजित भएका थिए भने शिद्धार्थ सेमिफाईनलमा बंगलादेश संग पराजित भए । उक्त प्रतियोगिताका सिनियर ईभेन्टसका प्रतिस्पर्धाहरु भोली सेप्टेम्वर २३ मा सन्चालन हुनेछ । ४ देश सहभागी भएको १३ सदस्य टोली सहित सहभागी भएको उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका प्रवक्ता एवम अन्तराष्ट्रिय रेफ्री गजेन्द्र बहादुर खपाङ्गी ‘ ईश्वर’ ले गर्नुभएको थियो । यस अघि उक्त टोलीलाई सम्माननिय प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’का सचिवालय प्रमुख सन्तु कुमार दरै ( परवाना ) ले एक बिशेष कार्यक्रम बिच बिदाई गर्नु भएको थियो ।कराते टोली सोमवार स्वदेश फर्कने छ
Facebook Comments Box