युगान्डाविरुद्ध नेपालको पहिलो जित

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । युगान्डाविरुद्धको चौथो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा नेपाल १५ रनले विजयी भएको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण १८ ओभरमा घटाइएको खेलमा नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित ओभरमा आठ विकेट गुमाएर ८२ रनमात्र बनाउन सक्यो ।

युगान्डाकी जनेत एम्बाबाजीले सर्वाधिक २१ रन बनाइन् । यसबाहेक, रिता न्यान्गेन्डो र फियोना कुलुमेले समान १६ रन जोड्दा ओपनर केभिन अविनो ११ रनमा पभेलियन फर्किएकी थिइन् ।

बलिङमा नेपालकी हिरनमायी रोयले दुई विकेट लिइन् । तीन ओभर बलिङ गरेकी रोयले ११ रन खर्चिइन् । यस्तै, कप्तान रुविना क्षेत्री, अस्मिना कर्माचार्य र कविता कुँवरले एक एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङमा आएको नेपाल १७।५ ओभरमा सबै विकेट गुमाएर ९७ रनको योगफल तयार गरेको थियो ।

नेपालकी ओपनर ज्योति पाण्डेले सर्वाधिक १७ रनको बनाएकी थिइन् । उनले १३ बल खेल्दै ४ चौका प्रहार गरिन् । यस्तै, अर्की ओपनर विन्दु रावलले १६ रन जोडिन् । यस्तै, सिता राना मगर ११ रन जोडेर पभेलियन फर्किदा अन्य ब्याटरले दोहोरो रन बनाएका थिएनन् ।

युगान्डाकी कप्तान कोन्की अवेकोले सर्वाधिक र तीन विकेट लिएकी थिइन् । यस्तै, सहारा अकिटेङले दुई तथा जानेत बाबाजीले एक विकेट लिएका थिए । पाँच खेलको शृंखलामा लगातार तीन खेमा हार बेहोरेको नेपालले शृंखला गुमाइसकेको छ । नेपाल पहिलो खेलमा १२ रनले, दोस्रो खेलमा एक विकेटले र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । शृंखलाको अन्तिम खेल शनिबार हुनेछ । नेपाली महिला टिमले पहिलो पटक घरेलु मैदानमा क्रिकेट शृंखला खेलेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *