छैटौ राष्ट्रिय रेफ्री सेमिनार शुरु,मिथिला राष्ट्रिय कराते बिहिवार देखि

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

नेपाल कराते महासंघको आयोजना एवम मधेस प्रदेशको संयोजन तथा राष्ट्रिय खेलकुद परिषद र वर्दिवास नगरपालिका को सहयोगमा मधेस प्रदेश स्थित बर्दिवास महोतरीमा छैटौ राष्ट्रिय रेफ्री सेमिनार सोमवार देखि शुरु भएको छ । राष्ट्रिय रेफ्री सेमिनारको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङगले एक बिशेष कार्यक्रम बिच उदघाटन गर्नुभयो । कार्यक्रम उदघाटन समारोहलाई सम्वोधन गर्दै सदस्य सचिव घिसिङ्गले कराते खेलले प्राप्त गरेको सफलता,कार्य निरन्तरता र हालको नेतृत्वको सक्षम कार्यशैली नेपाली खेलकुद क्षेत्रमा उदाहरणिय रहेको वताउदै,प्रत्येक राष्ट्रिय संघहरुले करातेवाट सिक्नुपर्ने वताउनुभयो । सम्वोधनकै क्रममा प्रमुख अतिथि घिसिङ्गले नेपाल कराते महासंघले आगामी दिनमा देशभरका ३४ हजार बिधालयहरुमा प्रशिक्षकहरु नियुक्त गर्न दवाव स्वरुप सन्चालन गर्न गईरहेको आन्दोलनमा आफुले सम्वन्धित निकायलाई जानकारी सहित अनुरोध गर्ने र उक्त कार्यलाई नियमगत सक्दो सहयोग र समर्थन गर्ने वताउनुभयो ।

मन्तव्यकै क्रममा नेपाल कराते महासंघका अध्यक्ष एवम कार्यक्रमका बिशेष अतिथि युवराज लामाले नेपाल कराते महासंघले सम्पुर्ण बेरोजगार ,दक्ष,कुशल स्वयम सेवक प्रशिक्षकहरुलाई रोजगार स्वरुप देशभरका ३४ हजार बिधालयहरुमा प्रशिक्षकहरु नियुक्त गर्न दवाव स्वरुप आन्दोलनको घोषणा गर्दै,जसको नेतृत्व नेपाल कराते महासंघले लिने वताउनुभयो । सम्वोधनकै क्रममा अध्यक्ष लामाले अव खेलाडीहरु आफ्नो हक,अधिकार सुनिश्चित र प्राप्तिका निम्ति सडक संघर्षमा उत्रिनुपर्ने वेला आएकोले आन्दोलनका निम्ति सबै खेलकर्मीलाई तयार रहन अपिल गर्नुभयो । कार्यक्रमका सभापति एवम् नेपाल कराते महासंघका महासचिव दावा गुरुङगले यस राष्ट्रिय रेफ्री सेमिनार र कोच एक्रिडिटेसन कार्यक्रममा सहभागी नभएका प्रशिक्षक र रेफ्रीहरुलाई आगामी दिनमा नेपाल कराते महासंघद्धारा आयोजना गरिने कुनै पनि कार्यक्रममा सहभागी नगराईने वताउनुभयो । महासचिव गुरुङ्गले खेलाडी राष्ट्रको निजी सम्पति रहेको कारण राज्यले बेरोजगार युवा खेलाडीलाई रोजगार प्रदान गर्नुपर्ने वताउनुभयो ।

त्यसैगरि महासचिव गुरुङ्गले खेलाडीहरुले राज्यका निम्ति हरेक बेला योगदान गर्दै आईरहेकोले अवपनि राज्यले खेलकर्मीको भविष्यप्रति सोच्न ढिलाई गरे बाध्य भएर आन्दोलनमा होमिनुपर्ने बताउनुभयो । लगातार फागुन १६ सम्म चल्ने राष्ट्रिय रेफ्री सेमिनारमा नयाँ रेफ्री २२५ जना सहित रिन्यु तथा रिफ्रेशर गरि करिव ५ सय जना सहभागी रहेका थिए । त्यसैगरि रेफ्री सेमिनार संगै प्रशिक्षकहरुको एक्रिडिटेसन कार्यक्रम फागुन १६ मा शुरु हुनेछ छन भने रेफ्रि रिन्यु तथा रिफ्रेशर कोर्ष फागुन १६ मा नै सन्चालन हुदै,फागुन १७ गते प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता-२०८० को शुभारम्भ हुनेछ । बिभिन्न ७ प्रदेश,३ बिभागिय टोली सहित सहभागिता हुने उक्त मिथला राष्ट्रिय कराते प्रतियोगिताको संघिय श्रम,रोजगार तथा सामाजिक शुरक्षा मन्त्री शरत सिंह भण्डारीले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *