गायिका पाख्रिनलाई उत्कृष्ट गायिकाको अवार्ड

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । पाँचौं ज्योति फिल्मस् म्युजिक अवार्डमा गायिका रमला पाख्रिनले उत्कृष्ट गायिकाको अवार्ड जितेकी छिन् । गायिका पाख्रिनले ‘धुन’बोलको गीतबाट उत्कृष्ट पप गायिकाको अवार्ड प्राप्त गरेकी हुन् । शनिबार राजधानीको जमलस्थित साँस्कृतिक संसथानको सभाहलमा आयोजित अवार्ड समारोहमा बिभिन्न १८ बिधामा अवार्ड प्रदान गरिएको थियो । केहीदिन अघि दुबईमा आयोजना गरिएको यस अवार्डको समापन समाहरोहका बीच अवार्ड बिजेतालाई ट्रफी र सर्टिफिकेट प्रदान गरिएको हो ।

बिभिन्न साँस्कृतिक कार्यक्रमकासाथ सम्पन्न अवार्ड समाहरोहमा करिष्मा ढकालले महिला मोडल, एलिना चौहानले आधुनिक गायिका, कृष्ण दोङ्ग तामाङले सेलो पप गायक, कृष्ण रसालले नृत्य निर्देशक, पार्वति कार्कीले काँठे गायिका, बिजय पुनले लोकदोहोरी मोडल तथा बिनोद सुन्दास लगायतले बिभिन्न बिधामा उत्कृष्टताको अवार्ड प्राप्त गरेका छन् । उत्कृष्ट गायिकाको अवार्ड जितेकी पाख्रिन साढे दुई दशक लामो समय देखि सांगीतिक यात्रामा निरन्तर छिन् । बिभिन्न जनराका सयौं गीतमा स्वर दिएकी पाख्रिनको ‘धुन’ चर्चित गीतहो । पाख्रिनले पप, आधुनिक, लोक, म्हन्दोमाया लगायतका बिबिध जनराका गीतमा स्वर दिएकी छिन । पाख्रिनले यसअघि म्हेन्दोमाया म्यूजिक अवार्ड, जम्बुलिङ इन्टरनेशनल अवार्ड, काब्याम्युजिक अवार्ड, जिनियस म्युजिक अवार्ड, नेपाल म्युजिक एण्ड फेशन अवार्डल गायतका अवार्डमा उत्कृष्ट गायिकाको अवार्ड प्राप्त गरेसकेकी छिन ।

रोयल मुभिज प्रा.लि. र सिन्धुपाल्चोक सेवा समाजको संयुक्त आयोजनामा सम्पन्न अवार्डको निर्णायक हरुमा आर्जन पाण्डे, गिता भटटराई, राजु शर्मा, उत्सा हघिमिरे लगायत रहेका थिए । नमोबुद नगरपालिकाका मेयर कुन्साङ लामाको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्ड समारोहमा रुकुमका भूकम्प पिडितहरुको लागि तीस हजार नगद सहयोग प्रदान गरिएको थियो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *