गीतकार डब्बु क्षत्रीको तिमीसँग बोल्न गीत रिलिज

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं, गीतकार डब्बु क्षत्रीले गत महिना मात्रै आफ्नो नयाँ गीत बजाई देउन बाजा… ओएसआर डिजिटलबाट दर्शकमाझ ल्याएका थिए । गीतकार डब्बु क्षत्री यतिबेला अर्को गीतको भिडियो लिएर दर्शकमाझ आएका छन् । उनले आधुनिक गीत गीत तिमीसँग बोल्न मन लाग्यो…को भिडियो आईतबार सार्वजनिक गरेका हुन् । यो गीत सात वर्षअघि रेकर्ड गरिएको थियो । तर यसको भिडियो बनेको थिएन । त्यतिबेला डब्बु क्षत्रीको गीतिसँग्रह ‘गुलाबी स्वरहरु’मा यो गीत समेटिएको छ । यसलाई यतिबेला रि मिक्सिङ गरेर भिडियोको रुपमा बजारमा ल्याईएको गीतकार क्षत्रीले बताएका छन् । यो गीचको रचनासँगै भिडियोको निर्देशन पनि डब्बु क्षत्रीले गरेका छन्,‘पुन मिक्सिङ गरेर हामीले यसलाई ल्याएका हौं । गीत अनुसारको भिडियो बनाईएको छ ।’ गीतकार क्षत्रीले भने । यो गीतमा गायिका केन्जुमा सुब्बाको स्वर रहेको छ । बिन्ध्यवासिनी म्युजिकको आधिकारिक युट्युव च्यानलबाट यो गीतको भिडियोलाई सार्वजनिक गरिएको हो । यस अघि निकै सुनिएको गीतलाई भिडियोमा ल्याउँदा खुसी लागेको गायिका केन्जुमा सुब्बाले बताईन् । संगीतकार जुगल डँगोलको संगीत छ । गीतमा संगीत संयोजन पनि जुगलकै हो । काठमाडौंको पुतलीसडक स्थित आर्टुम्युज रकेर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा युगल जोडीको प्रेम आसक्तिको वयान गरेकाले भिडियोमा पनि सोही भावलाई समेटिएको गीतकार डब्बु क्षत्रीले बताएका छन् । भिडियोमा ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ की विजेता शर्मिला बुढाथोकी र अभिनेता यसराज गराचले अभिनय गरेका छन् । यी दुईको अभिनय राम्रो छ । नयाँ भएर पनि शर्मिलाको अभिनयमा परिपक्ता देखिएको छ । यो गीतको भिडियोलाई सर्लाहीको बागमती र नुनथर क्षेत्रमा छायाँकन गरिएको हो । सो क्षेत्रको प्राकृतिक सुन्दरता र कलाकारको कुशल अभिनयले भिडियो राम्रो बनेको प्रतिक्रिया दर्शकबाट आएको छ । ४२ डिग्रीको तापक्रममा यो गीतको भिडियो छायाँकन गरिए पनि कलाकार र प्राविधिकले राम्रो काम गरेको पनि निर्देशक क्षत्रीले बताए । यो गीतको भिडियोलाई कृष्ण रसालले कोरियोग्राफी गरेका हुन् । प्रविण सुवेदीद्धारा छायाँकन गरिएको भिडियोमा मेकअप पनि मोडल शर्मिला बुढाथोकी स्वयम्ले गरेकी हुन् । बीरेन्द्र भाट ‘विपिन’ र लोकेश भाटको सम्पादन तथा रँग सँयोजन यो गीतको भिडियोमा रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *