एरिकालाई करातेमा अर्को ऐतिहासिक सफलता, २० औं एशियन करातेको फाइनलमा प्रवेश

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

मित्र राष्ट्र चीनको हाङझाउमा जारी २० ओै सिनियर एशियन कराते प्रतियोगितामा १९ ओै एशियाडकी रजत पदक विजेता एरिका गुरुङ फाइनलमा प्रवेश गरेकी छिन । शुक्रवार प्रतिस्पर्धा भएको महिला तर्फको ६८ केजी भन्दा माथि तौल समुहमा थाइल्याण्डकी खेलाडी लाई ८–० को फराकिलो अन्तरले पराजित गरि एरिका फाइनलमा प्रवेश गरेकी हुन। गुरुङ्गको यो जित संगै नेपाली करातेको ईतिहाशमा एसियन करातेको फाइनलमा प्रवेश गर्ने पहिलो खेलाडीको स्थान बनाएको छ भने अव एरिकाले कम्तीमा रजत पदक पक्का वनाएकी छिन । अव एरिकाले आगामी आइतबार हुने फाइनलमा भियतनामकी खेलाडीसँग प्रतिस्पर्धा गर्ने छिन्। एरिकाले प्रिक्वार्टरफाइनलमा फिलिपिन्सलाई ४–० ले,क्वार्टरफाइनलमा १९औं एसियन गेम्सका स्वर्ण विजेता काजकिस्तानकी खेलाडीलाई १–१ को बराबरी गर्दै,रेफ्रीको निर्णयमा एरिका विजयी भएकी थिईन । त्यसैगरि सेमिफाइनलमा थाइल्यान्डकी खेलाडीलाई ८–० को फराकिलो अन्तरले हराउँदै,फाइनलमा प्रवेश गरेकी थिईन । अब आईतवार हुने फाईनल खेलमा भियतनामकी खेलाडी संग प्रतिस्पर्धा गर्नेछिन।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *