भारत विरुद्ध ३ गोल गर्दै बंगलादेशको शानदार जीत

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौ – काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा बंगलादेशले भारतलाई दोस्रो हाफको सुरुमै तेस्रो गोल हान्दै ३-० को अग्रता बनाएको छ। छैटौं संस्करणको महिला साफ च्याम्पियनसीपअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा अहिले भारत र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ।

खेलको १२ औँ मिनेटमा गोल गर्दै जहान सोप्नानले बंगलादेशलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। खेलको २२ औँ मिनेटमा कृष्णारानी सरकारले गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाएकी थिइन्। त्यस्तै,  खेलको ५३ औँ मिनेटमा सबिना खातुनको पासमा जोहाना सोप्नाले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेकी थिइन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *