“कराते महासंघको निर्वाचन सम्पन्न,लामा अध्यक्ष र गुरुङ्ग महासचिवमा सर्वसम्मत”

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

भरतपुर चितवनमा जारी नेपाल कराते महासंघको निर्वाचन सर्वसम्मत रुपमा सम्पन्न भएको छ । उक्त निर्वाचनमा राखेप पुर्व सदस्य-सचिव युवराज लामा अध्यक्ष र दावा गुरुङ्ग महासचिवमा सर्वसम्मतबाट निर्वाचित भए । बरिष्ठ उपाध्यक्षमा हरिशरण केशी, उपाध्यक्षहरुमा प्रकाशमोहन धौवडेल, देव कुमार लामा,मजेन्द्र सिंह, ओमकृष्ण प्रसाई,मकेन्द्र बहादुर सिंह,श्याम शेर्पा , सचिवमा बिआर मित्र ,ध्वजमान मोक्तान र कोषाध्यक्षमा किशोर प्रसाद भट्टराई सर्वसम्मत निर्वनचित भए ।त्यसैगरी राम बहादुर सिंह ठकुरी,सन्जय सुन्दर सैंजु,रवि महर्जन, हिक्मत थपलिया,तारा प्रसाद ओली,यादव काफ्ले,राजेन्द्र बराल र शसी कुमार तितुङ्ग सदस्यमा सर्वसम्मत भएको राष्ट्रिय खेलकुद परिषदबाट खटिएको निर्वाचन टोलीका प्रमुख अधिकृतद्धय प्रेम मल्ल र नारायणराज अर्यालले आईतवार बिहान एक कार्यक्रम बिच सार्वजनिक गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । उक्त निर्वाचन पछि पहिलो बैठकवाट सन्जय कुमार राई र कमला रानालाई सदस्यमा मनोनित गरे भने सल्लाहकारहरुमा दिपेश शाक्य,गणेश कार्की,निवाश गोपाल बैध,हरि बिष्ट र बिष्णु कार्की लाई सर्वसम्मतिवाट मनोनित गरे ।नेपाल कराते महासंघको नया संशोधित बिधान-२०७९ अनुरुप २९ जना कार्य समिति रहेकोमा बाकी ७ जना सदस्यहरु प्रदेशबाट चयन भईसकेका छन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *