खपाङगीको नेतृत्वमा कराते टोली बंगलादेश प्रस्थान

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । मित्र राष्ट्र बंगलादेशमा यही सेप्टम्वर २२ देखि शुरु हुन गईरहेको दोश्रो कबिर ज्वेल स्मृती अन्तराष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन नेपाली कराते टोली त्यस तर्फ आज प्रस्थान गरेको छ । उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका प्रवक्ता अन्तराष्टिय रेफ्री गजेन्द्र बहादुर खपाङ्गी ‘ ईश्वर’ ले गर्नेछ भने टिम कोचमा आर.बि गुरुङग ले भुमिका निर्वाह गर्नेछ । उक्त प्रतियोगितामा -५५ किलोमा बुद्धीमान माझी, -६० किलोमा बिर बहादुर कुमाल, -६७ किलोमा बिजय रिमाल र – ७५ किलोमा अभिषेक वाईवा ले प्रतिस्पर्धा गर्नेछन । त्यसैगरि जुनियर ईभेन्टस तर्फ -५५ किलोमा नितास माझी ले प्रतिस्पर्धा गर्नेछ भने चिल्ड्रेन ईभेन्टसमा पुरुष ९-१० बर्षमा शुसान्त खडकाले ,११-१२ बर्ष पुरुषमा कुशल खत्री,१२-१३ बर्षमा शिद्धार्थ खनाल,र ११-१२ बर्ष महिलामा प्राश्ना ढकाल ले प्रतिस्पर्धा गर्नेछ । उक्त कराते टोलीलाई सम्माननिय प्रधानमन्त्री पुष्प कमल दाहाल ( प्रचण्ड) का सचिवालय प्रमुख एवम् नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा पुर्व संबिधान सभा सदस्य सन्तु कुमार दराई ( परवाना) ले एक बिशेष कार्यक्रम बिच बिदाई गर्नुभयो । उक्त अवशरमा प्रधानमन्त्री पुष्प कमल दाहाल ( प्रचण्ड) का सचिवालय सदस्य सावित्री अधिकारीको पनि उपस्थिति रहेको थियो । त्यसैगरि उक्त टोलीको अफिसियल तर्फ बिजय कुमार बस्नेत, गणेश ढकाल, पुष्पराज गिरि र ऐटन कुमार मल्ल रहेका छन । कराते टोली सोमवार स्वदेश फर्कने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *