काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकप फुटबलमा आज क्रोएसिया र मोरक्कोबीच खेल हुँदै छ । खेल राति ८ : ४५ बजे सुरु हुनेछ ।
सेमीफाइनलमा पराजित क्रोएसिया र मोरक्कोबीच तेस्रो स्थानका लागि आज खेल हुन लागेको हो । क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले र मोरक्को फ्रान्ससँग २–० ले पराजित भएको थियो । जारी विश्वकपको फाइनल खेल आइतबार राति पौने ९ बजे फ्रान्स र अर्जेन्टिनाबीच हुँदै छ ।
Facebook Comments Box