काठमाडौं । मंगलबार पशुपति आर्यघाटमा पुग्दा विनय बस्नेत र उनका सहयोगी शव वाहनबाट लाश निकाल्दै थिए । लाशको हिन्दू परम्परा अनुसार कर्म पुरा गरेर अन्तिम संस्कारको लागि चितामा राखियो । मलामी कोही थिएनन् । सहयोगी भनौ या मलामी पुजा विश्वकर्मा र पवित्रा लामा दुई गरी जम्मा तीन जना मात्रै देखिए । यो दृष्य वेवारिसे शवको दाहसंस्कार गर्दै गरेको अवस्थाको झलक मात्र हो । विगत दश वर्षदेखि यसैगरी वेवारिसे र कोही आफन्त नभएका र पहिचान नभएर तेसै अलपत्र कुहिन बाध्य बनेका मानव लाशहरुको पूर्ण विधिसंवत् रुपमा अन्त्यष्टि गर्ने सामाजिक कार्यको स्वस्फुर्त जिम्मेवारी उठाइरहेका छन् बस्नेतले ।
मंगलबार सम्म कुल ५ सय ९१ वटा यस्तै वेवारिसे शवहरुको सदगत गरिसकेका छन् उनले । यहाँसम्म आइपुग्दा उनलाई सहयोग पु¥याउने हातहरु पनि बढ्दै गएको देखिन्छ । बस्नेतले वेवारिसे व्यवस्थापनको अभियान नै शुरु गरेका छन् । अभियान स्वरुप वेवारिसे व्यवस्थापन तथा पुनर्जिवन केन्द्रको अहिले देशको ५० भन्दा बढी जिल्लाहरुका शाखा समेत गठन भईसकेको छ । केन्द्रले केवल वेवारिसे लाशहरुको अन्त्यष्टि मात्रै गरेको छैन । सँगसँगै अलपत्र, वेवारिस अवस्थाका र गरिव असहाय मानिसहरुको उद्दार, व्यवस्थापन र उपचार समेतको काम गर्दै आइरहेको छ । उद्दार गरिएका पिडितहरुलाई राख्न ललितपुरको चाँगाथली स्थित आफ्नै जमिनमा ‘बाआमा घर’ नामको आश्रम निर्माण समेत गराएर सेवा पु¥याइरहेका छन् ।
‘सामाजिक काम सवै एकै ठाउँ’ भन्ने नारा नै छ । ‘वेवारिसे र अलपत्र भनेकै हुँनु हुँदैन, राज्यले सवैको संरक्षण र सम्वद्र्धन गर्नुपर्छ,’ बस्नेतले भने । पछिल्लो समयमा बस्नेतलाई वेवारिसेका अभिभावक नै भन्न थालिएको छ । लामो समयसम्म निरन्तर रुपमा अहोरात्र वेवारिसे शव र अलपत्र मानिसहरुको उद्दार र संरक्षाण उनका दिनहरु वितिरहेका छन् । ‘म नमरुन्जेल यसरी नै लाशको सेवा गरिरहन्छु ।’ समाजसेवी बस्नेतको यो भनाई निकै मार्मिक छ । जीवनका बाँकी दिनहरु यसरी नै लाश र वेवारिसे मानिसहरुको सेवामा लगाउने उनले बतए ।