“श्रीलंकामा नेपाललाई २ स्वर्ण र एक रजत”

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

मित्र राष्ट्र श्रीलंकामा यही मार्च ४ देखि सन्चालन भएको अफिशियल कराते प्रतियोगिता 10th I. S.K.D.J. CUP Championship-2023 मा नेपाललाई २ वटा स्वर्ण र एक रजत पदक प्राप्त भएको छ । उक्त प्रतियोगितामा -६० किलोमा बुद्धीमान माझी र -८४ किलोमा सोनम बलामी ले नेपाललाई स्वर्ण दिलाए । माझीले भारत संग २-१ ,बंगलादेश संग ३-२ र फाईनलमा श्रीलंका संग १-० अन्तरको जित संगै स्वर्ण पदक बिजेता बनेका थिए । त्यसैगरी बलामीले भारत संग ३-२,बंगलादेश संग २-० र फाईनलमा श्रीलंका संग ३-२ अंक संगै नेपाललाई स्वर्ण पदक दिलाएका थिए । उक्त प्रतियोगितामा सहभागी ऐटन कुमार मल्लले -६७ तौल समुहमा नेपाललाई रजत पदक दिलाउन सफल भए ।उनले सेमिफाईनलमा भारतलाई १-० अंकले पराजित गरि फाईनलमा प्रबेश गरेका थिए भने फाईनलमा आयोजक श्रीलंका संग रेफ्री सुपरलेटिभको आधारमा ३-२ अंकले पराजित हुदै रजत पदकमा चित्त बुझाएका थिए । ४ देश सहभागी उक्त प्रतियोगितामा २ स्वर्ण र १ रजत पदक संगै नेपाल समुह तेश्रो बन्न सफल भयो । ४ कराते सदस्य टोली सहित सहभागी भएको उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव / प्रवक्ता एवम अन्तराष्ट्रिय रेफ्री गजेन्द्र बहादुर खपाङ्गी ‘ ईश्वर’ ले गर्नुभएको थियो ।
यस अघि उक्त टोलीलाई नेपाल कराते महासंघ का सह अध्यक्ष तथा नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ्गले बिदाई गर्नु भएको थियो । कराते टोली सोमवार स्वदेश फर्कने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *