काठमाडौं, ४ माघ । थाईल्याण्डकाे राजधानी बैंककमा जारी एएसबिसी अन्टर २२ बक्सिङ च्याम्पियनसिप खेल अन्तर्गत ५७ केजी ताैल समुहका नेपाली मुक्केबाज ईन्द्र बहादुर सुनारले जित हासिल गरेका छन् ।
आज उद्घाटन सत्र पश्चात् सुरु भएकाे प्रीक्वाटर क्वाटर खेलहरु मध्ये ५७ केजी ताैल समुहमा नेपाली मुक्केबाज ईन्द्र बहादुर सुनारले लाओसका खेलाडी साेक्साखुनलाई (यूनानिमस ) ५:० अंककाे आधारमा जित हासिल गरेका हुन् ।
याे जित संगै सुनार क्वाटर फाईनल प्रबेश गरेकाछन् । सुनारले क्वाटर फाईनल खेल मङ्गाेलियन मुक्केबाज गन्तुमार लुण्डासंग खेल्नेछन् ।
नेपालबाट सहभागी दुई खेलाडी बिजय बाटा (८६ केजी) र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) सेमिफाइनलमा प्रबेश भैसकेका छन् ।
उनीहरुले क्रमश: Indonesia खेलाडी माेसकिता माईकल र काजिकिस्तानी मुक्केबाज एरजन गुल्सायसंग खेल्नेछन् ।
भाेली जवनरी १९ तारिखमा महिला ४८ केजी ताैल समुहकी सुस्मा तामाङले भेतनामकी क्यूनहानसंग र महिला ५७ केजी ताैल समुहकी हेमा राईले सिङ्गापुरकी चाैउजीमिन बेर्नेससंग क्वाटर फाईनल खेल खेल्नेछिन ।
भने पुरुष तर्फ ४८ केजी ताैल समुहका खेलाडी लाल प्रसाद उप्रेतीले फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चर संग जनवरी २० तारिखमा क्वाटर फाईनल खेल खेल्नेछन् ।