गैडाकोट १० मा सात बर्षिय बालिका बलात्कृत, अभियुक्त प्रहरीको फन्दामा

खवर पाटी (खोज खबरको अभियान)

गैडाकोट । पुर्वी नवलपरासीको गैडाकोट नगरपालिकाको वडा नम्बर १० मा एक सात बर्षिया नाबालिका बलात्कृत भएकी छिन ।
सोहि वडाको २९ बर्षिय इन्द्र पन्तले छिमेकी कै नाबालिकालाइ २८ जेष्ठमा बलत्कार गर्न खोजेको र स्थानिय बासिन्दाहरुले देखेपछि सो घटना बारेमा बेल्डिहा प्रहरीलाइ र गैडाकोट इलाका प्रहरीलाइ खबर गरेका थिए ।

घटनाबारे थाहा पाएपछि पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।हाल ति ब्याक्तिलाइ गैडाकोट इलाका प्रहरिले थुनामा राखेर अनुसन्धान अगाडी बढाएको छ । २९ बर्षिय इन्द्र पन्तले यस अघि पनि समाजमा बिभिन्न आतङ्क घटना घटाएका थिए ।

७ बर्षे नाबालिकाको भने स्वास्थ्य परिक्षणको कार्य भईरहेको छ, बालिकाको स्वाथ्य रिपोर्ट आउन बाँकी छ ।

Facebook Comments Box