लकडाउन खुकुलो : आजबाट जोर बिजोर नम्बरमा निजी सवारी साधन चल्ने, पसल र रेष्टुरेण्ट खुल्ने

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै खुकुलो पार्ने निर्णय गरेको छ । उच्चस्तरीय समितिको सिफारिशअनुसार हिजो राति बसेको मन्त्रिपरिषद बैठकले पसल र निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

बैठकले सुरक्षा मापदण्ड अपनाएर सवै प्रकारका पसल सञ्चालन गर्न दिने निर्णय गरेको एक मन्त्रीले बताए । मन्त्रिपरिषद बैठकले निजी सवारी साधन पनि सञ्चालन गर्न दिने निर्णय गरेको छ । यो निर्णय आजदेखि नै लागू हुनेछ ।

तर, त्यसका लागि जोर विजोर प्रणाली लागु गरेको छ । जोड गते जोड र विजोर गते विजोड नम्बर प्लेट भएका सवारी साधन चल्ने दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । सार्वजनिक सवारी साधन भने अहिले खोलिने छैन ।

हवाई उडान र सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको छ। गत चैत ११ गतेदेखि जारी लकडाउनले चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो ।

सोही अनुसार सरकारले लकडाउन खुकुलो बनाउने गरी निर्णय गरेको हो । विज्ञहरुले पनि कोरोना महामारी लामो समय जाने देखिएको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाउँदै आएका थिए । सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्चार एवं सुचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिहीवारको दिउँसो पत्रकार सम्मेलनमार्फत लकडाउनेको सम्पुर्ण मोडालिटीबारेको निर्णय सार्वजनिक गर्नेछन् ।

रेष्टुरेन्ट पनि खुल्ने
सरकारले रेष्टुरेण्ट पनि खोल्न दिने भएको छ । तर, त्यहा बसेर खान भने पाइने छैन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रेष्टुरेण्टलाई पनि सञ्चालन गर्ने दिने निर्णय गरेको छ ।

कोरोना कम प्रभावित क्षेत्रमा भएका रेष्टुरेन्ट खोल्न दिने निर्णय भएपनि उनीहरुले प्याकिङ तथा टेक अवे सेवा दिनुपर्ने हुन्छ । जसका कारण कुनै पनि ग्राहकले त्यहाबाट सामान किनेर लैजान पाउने छन् । तर, त्यही बसेर खाएमा भने कारवाही गरिने भएको छ ।

Facebook Comments Box