४.५९ अंकले घट्यो नेप्से, चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ विन्दुमा बन्द भएको छ । यस दिन घटेको बजारमा चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज इष्टर्न हाइड्रोपावर, शुभम पावर, सिटी होटल र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आइतबार पाँच अर्ब १८ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबारमा आएका १३ समूहमध्ये पाँच समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा होटल तथा पर्यटन समूह छ । यो समूहको परिसूचक २.९२ प्रतिशतले घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा व्यापार समूह छ ।  व्यापार समूहको परिसूचक १.५४ प्रतिशतले घटेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *