विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने नीति लिँदा राजश्व घट्योः अर्थमन्त्री महत

अर्थ समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय सवारीलाई प्रवद्धन गर्ने नीति लिँदा राजश्व घटेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बौल्दै अर्थमन्त्री महतले इन्धनबाट चल्ने सवारीभन्दा विद्युतीय गाडीमा कम कर लाग्ने र पछिल्लो समय विद्युतीय सवारीको आयात बढेकाले राजश्व बढ्न नसकेको बताए।

अर्थमन्त्री महतले राजश्वतर्फ सरकारले सोचेको जस्तो सफलता नभएकाले गत वर्षको सोही समयको तुलनामा ९.३३ प्रतिशतले राजश्व बढेको बताए। उनले राजश्व संकलनको संरचना परिवर्तन आएको बताए।

उनले विगतमा डिजेल र पेट्रोलमा आधारित सवारीसाधनहरु मात्रै आउने गरेको र डिजेल र पेट्रोलमा आधारित सवारीसाधनहरु आउँदा ३ सय प्रतिशतसम्म कर लाग्ने गरेको बताए।

उनले चालु आर्थिक वर्षदेखि सरकारले विद्युतीय सवारीलाई सरकारले प्रोत्साहन गरिरहेको र पछिल्लो समय आयात हुने सबै सवारीसाधन विद्युतीय भएकाले राजश्वमा कमी आएको बताए। उनले पछिल्लो समय सवारीसाधनको अर्डर गर्ने सबै व्यवसायीहरुले पनि विद्युतीय सवारी साधन मात्रै माग गर्ने गरेको उल्लेख गरे।

उनले विद्युतीय सवारी साधनमा बढीमा ४५ प्रतिशत मात्रै कर लाग्ने गरेको बताए। उनले सवारीसाधनबाट विगतमा संकलन हुने बढी राजश्वबाट हुने राजश्व संकलनमा कमी आएको बताए।

विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न कर घटाएकाले राजश्व संकलनमा ठूलो मात्रामा कमी आएको उनको दाबी थियो। उनले व्यवसायिक क्षेत्रमा डिजिटल रुपमा हुने कारोबारलाई करको दायरामा ल्याउन नसक्दा राजश्वमा कमी देखिएको बताए।

उनले प्रविधिको विकासको कारणले कर उठाउने प्रवृत्तिमा पनि सरकारले परिवर्तन गर्न आवश्यक देखिएको उल्लेख गरे। उनले सामाजिक सञ्जालहरुलाई दर्ता गरी लाग्ने कर लगाउन सरकारले काम गरिरहेको बताए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *