सेयर बजार २१ अंकले बढ्दा, ९४ करोडको कारोबार

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबारमा २१ अंकले बढेको छ ।  सोमबार सेयर बजार परिसूचक २१.२६ अंकले बढेको हो । बजार बढेसँगै समग्र बजार परिसूचक १९०४.४३ मा उक्लिएको छ।  त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स १.२१ प्रतिशतले बढेर ३७५.०३ मा उक्लिएको छ।

उप-समूहतर्फ आज कारोबार भएका १३ ओटै समूहको सेयर मूल्य बढेको छ। सबैभन्दा धेरै म्यानिफ्यक्चरिङ एण्ड प्रोसेसिङ समूह ३.१३ प्रतिशतले उकालो लागेको छ।

 

बजार बढ्दा कारोबार भएका १४८ कम्पनीको सेयर मूल्य बढेको छ। भने ३१ कम्पनीको सेयर मूल्य घटेको छ। २१ अंकले बढेको बजारमा ९४ करोड ६० लाख ८९ हजार ५ सय २१ कम्पनीको सेयर खरिद बिक्री भएको थियो । जसमा २४ लाख ५२ हजार ८४ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

यस्तै तारागाँउ रिजेन्सी होटेल, सप्तकोशी डेभलपमेन्ट बैंक, बुद्धभूमि हाइड्रो, रिभर फल्स  पावर लिमिटेड, लिवर्टी इनर्जी कम्पनी उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् । यस्तै शिभम् सिमेन्ट, हिमालयन डिस्टीलरी, ङादी ग्रुप पावर, गुर्खाज फाइनान्स लिमिटेड, नेष्डो समृद्ध लघुवित्त उच्च कारोबार हुने कम्पनीमा परेका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *