चार महिनापछि कोशी मन्त्रिपरिषदले पायो पूर्णता

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- कोशी प्रदेश मन्त्रिपरिषदले चार महिनापछि पूर्णता पाएको छ । शुक्रबार मुख्यमन्त्री केदार कार्कीले चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।​

नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार स्वास्थ्य, रामकुमार खत्री उद्योग, कृषि तथा सहकारीमन्त्री तथा इन्दीरा थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनिताकुमारी गुरुङ रामलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

 

यस्तै नेकपा (माओवादी केन्द्र) का राजेन्द्रकुमार कार्कीलाई सामाजिक विकास र नारायण बुर्जा मगरलाई खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा नियुक्त गरेका छन् । कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय आफैँसँग राखेका छन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबार नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *