तपाईहरुको अमुल्य मतले देशमा ठुलो परिवर्तन ल्याउने छ : सुनिता कुरुम्बाङ

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
सुनिता कुरुम्बाङ प्रतिनिधि सभा सदस्य, राप्रपा नेपाल समानुपातिक उम्मेदवार

तपाई राप्रपा नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक उम्मेदवार हुनुहुन्छ, कस्तो लागि रहेको छ ?
यस पटकको चुनाव मलाई राम्रो लागि रहेको छ, राप्रपा नेपाल जस्तो वेग्लै पहिचान बोकेको पार्टीबाट समानुपातिक उम्मेदवार बन्न पाउदा गर्व महसुस गरिरहेको छु । चुनावी दौरान जनताको घर दैलोमा जाँदा जनताको सुख दुःख समेत बुझ्ने अवसर मिलेको छ । यस पटक देशै भरिका मतदाताले समानुपातिकमा समेत उत्साहजनक मत दिनेछन् भन्ने मैले विश्वास लिएको छु ।

समानुपातिक उम्मेदवार भए पनि तपाईका वेग्लै एजेण्डा छन् होलान् नि ?
छन् । मैले मतदाता माझ जाँदा मेरो भोट भविस्य ! धर्म निरपेक्ष घटाऔं, देश बचाउ, ‘सबै मतदातालाई होस ज्ञान, लोकतान्त्रिक हिन्दु राज्य नेपालीको सान’ भन्ने मुल नारा तय गरेको छु । यसका अलावा म सांसद भए भने सबै भन्दा पहिला महिलाहरुको हक अधिकारका लागि लड्ने छु । अर्थतन्त्रको क्रान्ति ल्याउने छु । युवाहरुलाई स्वदेशमै रोजगारी दिलाउन, स्वदेशमै कलकारखाना खोल्न पहल गर्ने छु । नेपालीले नेपालमै रोजगारी पाउने अवस्थाको सुजना गर्ने मेरो प्रमुख उद्देश्य हो । यसका अलावा म सांसद भए पछि मुलुकमा भइरहेको विकृती पिवसंगति अन्त गर्न अगाडी बढ्ने छु । भ्रष्टाचार, गुण्डागर्दी, बलत्कार अन्त गर्न पहल गर्ने छु । शिक्षा स्वास्थ्यमा भइरहेको व्यापारीकरण अन्त गर्ने र शिक्षा स्वास्थ्य निःशुल्क गर्न लाग्ने छु । यसै गरी हिन्दुराज्य स्थापित गर्न धर्म, संस्कृति र परम्पराको संरक्षण गर्ने मेरो अटल प्रतिवद्धता छ ।

जनताले राप्रपा नेपाललाई नै किन मत दिने ?
देशमा हिन्दु राज्य ल्याउन, विकासको लहर ल्याउन, देशमा व्याप्त भ्रष्टाचार अन्त गर्न जनताले राप्रपा नेपाललाई मतदान गर्दैछन् ।

मत माग्न जाँदा तपाईसँग मतदाताले के कस्तो माग गरिरहेका छन् ?
जनताले सबै भन्दा पहिला सुशासन र विकास चाहिरहेका छन्, त्यो राप्रपा नेपालले मात्र गर्न सक्छ, राप्रपा नेपाल कट्टर हिन्दुवादी पार्टी भएकाले हाम्रो पार्टीमा देश व्यापी जनलहर छ । धेरै पटक अन्य पार्टीलाई हे¥यौं, यस पटक राप्रपा नेपाललाई हेछौं भनेर आम मतदाताले भनिरहनु भएको छ ।

उम्मेदवारहरु जितेपछि प्रतिवद्धता विर्सन्छन् भनिन्छ नि ?
म जनतासँग गरेको वाचा, प्रतिवद्धता विर्सनेवाला छैन, एक दुई तिन गरेर जनतासँग गरेका प्रतिवद्धता अनुसार काम गर्ने छु । अरुले जित्दै, जनता झ्क्याउँदै जनतासँग गरेका चुनावी प्रतिवद्धता विर्सने गरिरहेका छन्, तर म जनतासँग गरेका प्रतिवद्धता पुरा पनि गर्ने छु । पहिला संसदमा पुग्नु प¥यो, हो यस्तो मान्छे संसदमा पुग्नु पर्छ भनेर भन्न लायक काम गर्ने छु ।

अन्तमा मतदातालाई सन्देश दिनुस न ?
विकासको लागि राप्रपा नेपाल, हिन्दुवादीका लागि राप्रपा नेपाल, त्यसैले अब हरेक तह र तप्कामा रहेका मतदाताले विवेक पु¥याएर मतदान गरिदिनु होला । चुनाव चिन्ह तिरमा मतदान गरी राप्रपा नेपाललाई देशभरबाट विजयी गराउनु होला । तपाईहरुको अमुल्य मतले देशमा ठुलो परिवर्तन हुनेछ । राप्रपा नेपालले जिते मात्र जनताको एजेण्डाको जित हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *