राप्रपाको एजेण्डाहरुलाई जनताको घर घरमा पु¥याउनु पर्छ : जीतवहादुर लामा

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)

क्षेत्रीय अध्यक्ष, राप्रपा, काठमाण्डौं क्षेत्र नं. ९
मुलुकको वर्तमान राजनीतिक अवस्थालाई कसरी लिनु भएको छ ?
मुलुक ठुला पार्टीले राजनीतिलाई गरिखाने भाडो बनाएका छन् । देशलाई बन्दक बनाएकाछन् । सबै भन्दा ठुलो राजनीति हो । त्यसपछि अर्थ नीति, धार्मिक सामाजिक लगायत आउछ । नागरिकको बाच्न पाउने अधिकार सबै संबोधन गर्ने नै राजनीतिले हो । यसै मेसोमा भन्नु पर्दा ठुला दलका नेताले राजनीतिलाई पेशा बनाउँदै आय आर्जन गरिरहेको देखिन्छ । राजनीति सेवा भावको हुनु पर्नेमा व्यक्तिगत स्वार्थपुर्तिका लागि मात्र नेताहरुले उपयोग गरें । समग्रमा भन्नु पर्दा राजनीतिलाई फोहोरी, घृणित रुपमा नेताहरुले परिणत गरे । अहिले देखिएको यहि हो । नागरिक समाज, गाउँ, नगर, टोल हुँदै समग्र राष्ट्रको विकासको लागि निस्वार्थ भावनाले सेवा गर्नु नै मानव धर्म एवं राजनीति हो । तर यस्तो नभएर राजनीतिमा लाग्नु भनेको आय आर्जन गर्न पाइने, पेशाको रुपमा उपयोग गर्न पाइने अर्थको रुपमा लिइन थालेको छ । कुनै पनि राजनीतिक दलको संरक्षणमा पनि समाजमा, गैर कानूनी काम गर्न समेत मौका मिलिरहेको देखिन्छ । तसर्थ राजनीति भनेको फोहोरी खेलको रुपमा लिन बाध्य पारिएको छ ।
ललिता निवास प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरणलाई कसरी लिनु भएको छ ?
यसै क्रममा विभिन्न काण्डमा संलग्न दोषी उम्काउन पाइदैन, निर्दाेष पर्नु पनि हुँदैन । र नीतिगत भ्रष्टाचारको निर्णय गर्ने उच्च तहका जुन सुकै राजनीतिक दलका नेता, कार्यकर्ता, सरकारी कर्मचारीमाथि पनि कडा भन्दा कडा कारवाही गनुृपर्छ । साथै न्यायलयबाट दोषी करार भएका पनि उक्त प्रकरणका सिन्देह दोषी हुन् । तसर्थ यस्ता प्रकरणमा संलग्न जो कोहीलाई पनि कानूनी राज्य र विधीको शासन अनुसार कानूनी कठघरामा ल्याउनु पर्छ । अधिकार सम्पन्न अनुशन्धान गर्ने निकायबाट कसैको डर, त्रास वा मोलाहिजामा नपरी वा कुनै प्रभावमा नपरि नेपाली जनता र नेपाली भुमिलाई आत्मसात गरि निष्पक्ष छानविन गर्नुपर्छ । यो नेपाली जनताको चासोको विषय हो । यस्ता काण्डमा मुछिएकालाई निष्पक्ष रुपमा कडा भन्दा कडा कारवाही गरे मात्र भविष्यमा यस्ता काण्ड घटाउन डराउने अवस्था सृजित हुनेछ । ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरण मात्र होइन, धेरै काण्डै काण्डै घटना छन् । अब अन्य काण्डको फाइल खोल्न पनि जिम्मेवार निकायहरु नडराई अघि बढ्दा उपयुक्त हुनेछ । ठुला ठुला काण्डमा काँग्रेस कम्यूनिष्ट नै संलग्न रहेको अवस्था देखिन्छ । त्यसैले यी काण्डलाई सामसुम पार्ने प्रयास पनि नहोला भन्न सकिन्न । त्यसैले अब हामीले विभिन्न काण्डमा संलग्नलाई कारवाही गर्न खबरदारी गर्ने बेला आएको छ ।
यी बाहेक देश भर फैलिरहेको भ्रष्टाचारलाई यहाँले कसरी लिनु भएको छ ?
देशभर फैलिरहेको भ्रष्टाचार राजनीतिक संरक्षण, दण्डहिनताको उपज हो, किनभने कुनै अपराध वा ठगीमा दोषी ठहरिने मुद्दामा विभिन्न राजनीतिक पार्टीबाट आफ्नो दलगत स्वार्थको कारण त्यस्ता ठगि, भ्रष्टाचार गैरकानूनी कार्य गर्नेलाई उल्टो संरक्षण भइरहेको देखिन्छ । नेताहरुले भ्रष्टाचारको आफुखुशी व्याख्या गरिरहेका छन् । तेरो पार्टीका भए ठिक मेरो पार्टीका भए बेठिक भनेर भ्रष्टहरुलाई दलका नेताबाट संरक्षण भइरहेको छ । नत्र भने देशमा भ्रष्टाचार भइरहने छ । किन यहाँ भ्रष्टहरु छाति फुकाएर हिडिरहेका छन् । ठुलालाई चैन र सानालाई ऐन भन्ने तरिकाबाट देशभर भ्रष्टचार फैलिरहेको छ । त्यसैले जुनसुकै तहमा रहेका भएपनि भ्रष्टाचारीलाई मेरो र तेरो नभनि कानून बमोजिम कारवाही गर्न दलहरु सबैले सहयोग गर्नुपर्छ । यसो भएमा देश समृद्ध बन्छ, देशप्रति माया गरेको ठहरिने छ । जिम्मेवारी पुरा गरेको ठहरिने छ ।
देशव्यापी फैलिरहेको महँगीबारे के भन्नुहुन्छ ?
सरकारी नियमन निकायको सक्रियता नबढाएसम्म देशमा महँगी नियन्त्रण हुँदैन । किनभने पसलै पिच्छे भाउ छ, एउटै सामानको पनि फरक फरक मुल्यमा विक्री गरेर उपभोक्ता ठगिएको अवस्था छ । विचौलियाहरुको नियन्त्रण नभएसम्म महँगी घट्नेवाला छैन । सरकारले नै सबै वस्तुको उचित मुल्य निर्धारण गर्नुपर्छ र त्यस्ता मुल्य निर्धारण गरेपछि पनि सरकारी नियम उलंघन गर्नेलाई, सरकारी नियम नमान्नेलाई कडा भन्दा कडा कारवाही गर्नुपर्छ ।
राप्रपा अब कसरी अघि बढ्नु पर्छ ?
राप्रपा मुलुकको एक मात्र उदयमान राष्ट्रवादी पार्टी हो । देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुले आशा र भरोसााको रुपमा राप्रपालाई लिएका छन् । देशका हरेक पार्टीमा वैदेशिक लगानी देखिदैछ । विदेशीलाई फाइदा हुने गरी पार्टी संरचना र विधान वनाइदैछ । तर राप्रपा भने आफ्नै नेता कार्यकर्ताकै भरमा पार्र्टी संचालित हुँदै आएको छ । अब यस पृष्ठभूमिमा देश, जनता, हिन्दु राज्य र राजसंस्थालाई माया गर्ने तमाम जनताले राप्रपालाई नयाँ उचाइमा पु¥याउनु हुनेछ भने हामीले विश्वास लिएका छौं । राप्रपाले संवैधानिक राजसंस्था र हिन्दु राज्यको जुन एजेण्डा लिएको छ, यो एजेण्डालाई घर घरमा पु¥याउनु पर्छ । यसै शिलशिलामा राप्रपाले ‘नविन राप्रपा’ अभियानको जुन घोषणा गरेको छु, यो समय सान्दर्भिक छ । यो अभियान सफल पार्न सम्पूर्ण पदाधिकारी, केन्द्रीय सदस्यहरुलाई परिचालन गरेको छ यसले पार्टीको हरेक तहका नेता कार्यकर्ता र जनतामा उत्साह ल्याएको छ । राप्रपाको संगठन देशव्यापी रुपमा फैलाउन यो अभियानले कोसेढुंगाको रुपमा काम गर्ने छ । राप्रपाले ४० वर्ष मुनिका युवा र महिलालाई हरेक तहमा जिम्मेवारी दिने जुन नीति लिएको छ, यो अत्यन्त उत्साहजनक छ । राप्रपाले दुई लाख सक्रिय सदस्यता बनाउँदैछु । यो पार्टीको भविष्यको लागि राम्रो पक्ष हो । अब राप्रपा हरेक नगरपालिका, गाविस वडा हुँदै जनताको घर घरमा पुग्ने छ । अहिले ठुला दलबाट यो राष्ट्रको उन्नति प्रगति गर्न नसक्ने अवस्थामा पुगेको हुनाले राप्रपा आफुलाई विकल्पको रुपमा अघि सरेको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियताबारे तपाई के भन्नुहुन्छ ?
राष्ट्रवादी शक्तिहरु जबसम्म एकिकृत हुन सक्दैनन्, तबसम्म आफ्ना एजेण्डा स्थापित गर्न सकिदैन । तसर्थ राजसंस्थावादी र हिन्दुवादीहरु पहिला संगठित भएमात्र नेपालमा राजसंस्था र हिन्दुराज्य स्थापित हुनेछ । अहिले पूर्व राजा ज्ञानेन्द्र शाहको जुन सक्रियता छ, यो स्वभाविकै हो । जनताले बोलाउँदा कार्यक्रममा जाँनै नपाउने ? के बोल्दै नबोल्ने ? देशमा यत्रो भ्रष्टाचार, अनियमितता छ, उहाँले बोल्नै नपाउने ? मलाई लाग्छ पूर्व राजा ज्ञानेन्द्र शाहबाट भएको संबोधन र क्रियाकलाप जनआवाज र समयको माग हो । त्यसैले उहाँको संबोधनलाई मनन गरेर हामी सबै अघि बढ्नु पर्ने बेला आएको छ ।
अन्तमा तपाईको सन्देश दिनुस न ?
अहिले देशको परिस्थितिलाई राम्रोसँग बुझेर देशको प्रमुख राष्ट्रवादी, राजसंस्थावादी र हिन्दुवादी पार्टी राप्रपामा सबै भुभागमा बस्ने जनता आवद्ध भइदिनु होला । राप्रपाबाट मात्र देशमा शान्ति, समृद्धि, राजनीतिक स्थीरता सम्भव छ । राप्रपाले सरकारको नेतृत्व गर्न पाए व्यापक रुपमा भ्रष्टाचारको छानविन गर्ने छ । राप्रपाले नेपालमा राजसंस्था र हिन्दु राज्य ल्याउन जुन अभियान थालेको छ, त्यसलाई सफल पार्न सबै जनताले साथ र सहयोग गरिदिनु हुन आव्हान गर्दछु ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *