नबिन राप्रपा अभियान

विचार
खवर पाटी (खोज खबरको अभियान)
आरके बस्नेत

मुलुकको वर्तमान अवस्थामा वैकल्पिक शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) माथि जनताले हेरिरहेको अवस्था छ । युवाहरुमा राजनितिक चेतना खुलिरहेको छ । युवाहरुले राप्रपालाई खोजिरहेको, सम्झिरहेको अवस्थामा जनताको घर घर जानको लागि हामीले नविन सोच बनाएर युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्ने उद्देश्यले राप्रपाले यी ुनविन राप्रपाु अभियान थालनी गरिसकेको छ । अबको दिनमा हामी हरेक युवा र महिलाहरुको पार्टी बनाउने उद्देश्यका साथ देशव्यापी रुपमा हामीले यो अभियान लिएर जनतामाझ गइसकेका छौ । जस अनुसार केन्द्रीय नेताहरुको आ–आफ्ना क्षेत्रमा युवाहरुलाई , महिलाहरुलाई राप्रपामा प्रवेश गराउनुका लागि यो अभियान सहायक सिद्ध हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ । यहि अभियान सँग सँगै हामीले दुई लाख ुसक्रिय सदस्यु बनाउँदै छौ । राप्रपा देशकै पहिलो पार्टी बनाउने जुन सोच सहित अध्यक्ष राजेन्द्र लिङ्देनले यो अभियान घोषणा गर्नु भएको छ । यो अभियानबाट हामीलाई उत्साहित पारेको छ । देशका ठुला दलहरुले ठुलाठुला भष्टाचार गरिरहेको हामी जनतालाई बुझाउछौ । हाम्रो प्रमुख एजेण्डा हिन्दु राज्य र राजसंस्था हो भन्ने हामी सबै तहमा वसोवास गर्ने जनतालाई बुझाउँछौ । जनताले स्पष्ट रुपमा हाम्रो एजेण्डा बुझे पछि आगामी निर्वाचनमा राप्रपाले सानदार रुपमा विजय हासिल गर्ने छ , निर्णायक शक्ति बन्ने छ ।
हाल देशमा देखापरिरहेको काण्डै काण्डले मुछिएको गणतन्त्रलाई विस्थापित गर्ने हाम्रो मुख्य धेय रहेको छ । नेपालमा गणतन्त्र रहिरहने हो भने पटक –पटक सुन काण्ड , ललिता निवास काण्ड , यति काण्ड, ओम्नी काण्ड, प्रिन्टिङ प्रेस काण्ड जस्ता काण्डै काण्ड हामीले देखिरहनु पर्नेछ , भोगिरहनु पर्ने छ । दैनिक जसो यस्ता काण्ड आइरहने छन् । जब सम्म गणतन्त्र खारेज हुँदैन स तबसम्म नेपाल र नेपालीको कुनै हालतमा हित हुँदैन । त्यसैले जनताको लागि , देशको लागि संघर्षरत राप्रपा नै हो । राप्रपाको एजेण्डा स्पष्ट छ , यहि एजेण्डाभित्र सबै जनता आवद्ध भइदिनुहोला । यदि नेपालमा गणतन्त्र रहिरहने हो भने प्रधानमब्त्रीको कुरै छाडौ वडा अध्यक्ष पनि विदेशीले नियुक्त गर्ने अवस्था आउने छ । यसै मेसोमा भन्नु पर्दा देशको शिर भनेको राजा हो । जब विदेशी शक्ति लागेर शिर हटाउदाको परिणाम जनताले देखिरहेका छन्, भोगिरहेका छन् , धेरै दुःख पाइरहेका छन् ।
यहि पृष्ठभुमिा राप्रपाले हिन्दु राज्य र राजसंस्थाको वहालीका लागि जोड दिइरहेको हो । जनताको घरदैलोमा पुग्न लागेको हो । राजसंस्था पूनरवहाली र राप्रपाको प्रमुख एजेण्डा फरक छैन , एउटै हो । राजसंस्था शिर हो । आज शिर बिनाको शासन सत्ता चलाइरहेका छन् । शिद्धान्तहीनहरुले देश चलाउनुको हविगत हामीले यति वेला भोगिरहेका छौ । (लेखक वस्नेत राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता हुनुहुन्छ ।)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *