तपाई प्रदेश सभा सदस्यमा ललितपुर क्षेत्र नं ३ (ख) मा राप्रपा उम्मेदवार हुनुहुन्छ, कस्तो लागि रहेको छ ?
यस पटकको चुनाव मलाई राम्रो लागि रहेको छ, हरेक हिसाबले म खुसी छु । राप्रपा जस्तो वेग्लै पहिचान भएको पार्टीबाट प्रदेश सभा सदस्यमा उठ्न पाउँदा आफूलाई गौरव महसुस गरिरहेको छु । यसरी चुनावी प्रचार प्रसारका व्रmममा जनतामाझ जाँदा जनताको सुख दुःख बुझ्न समेत थप मद्धत लिरहेको छ । हामी जहाँ जान्छौ, त्यहाँका मतदाताले यसपटक राप्रपालाई जिताउँछौ भनिरहेका छन् । यसले यस क्षेत्रका हाम्रो टिम उत्साहित छौँ ।
तपाई कुन कुन एजेण्डा लिएर जनतामाझ जाँदै हुनुहुन्छ ?
म यस क्षेत्रमा विजयी भएपछि सबैभन्दा पहिला आर्थिक क्रान्ति ल्याउने छु । युवाहरुलाई स्वदेशमै रोजगारी दिलाउन, स्वदेशमै कलकारखाना खोल्न पहल गर्ने छु । नेपालीले नेपालमै रोजगारी पाउने अवस्थाको सृजना गर्ने मेरो प्रमुख उद्देश्य हो । मुलुकमा भैरहेको विकृति, विसङगति अन्त गर्न जोडदार रुपमा अगाडी बढ्ने छु । भ्रष्टाचार, गुण्डागर्दी, बलात्कार अन्त गर्न पहल गर्ने छु । शिक्षा स्वास्थ्यमा भइरहेको व्यापारिकरण अन्त गर्न र शिक्षा स्वास्थ्य निःशुल्क गर्न लाग्ने छ । वृद्ध बाबु आमाको साहारा बन्दै एकल महिलाहरुलाई संरक्षण गर्न मेरो दृढ प्रतिबद्धता छ । यसको अलावा राजासहितको प्रजातन्त्र पूनस्थापित गर्न, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद ल्याउन, प्रदेश खारेज गरि दुई तहको सरकारको स्थापना गर्न, सर्वधर्म सम्भाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैधिक सनातन हिन्दु राष्ट्र पूनस्थापना गर्न, धर्म संस्कृति र परम्परा संरक्षण गर्न मेरो उम्मेदवारी हो ।
मतदाताबाट तपाईले कस्तो अपेक्षा राख्नु भएको छ ?
धेरै पटक अन्य दल हे¥यौ, अब यस पटक मतदाताले राप्रपालाई हेर्छौँ भनिरहनु भएको छ, मलाई लाग्छ, यस पटक यस क्षेत्रमा मेरो जित निश्चित छ । हुन त म यस क्षेत्रको नयाँ होइन यस क्षेत्रका मतदातासँग सुख दुःख साटासाट गरि रहेकै हो । भुकम्प, कोरोना जस्ता विपत्तिमा पनि म यस क्षेत्रका जनतामाझनै रहेर आफूले सक्दो सहयोग गरिरहेकै हो ।
जनताले राप्रपालाई नै किन मत दिने ?
हाम्रा अध्यक्ष राजेन्द्र लिङदेनले एक रुपैया घुस खानु भनेको आमाको रगत खान् बराबर हो भन्नु भएको छ, यो हाम्रो लागि गर्वको विषय हो । अन्य पार्टीको नेताहरु यस्तो भन्न सक्छन् ? यो देशको परिवर्तनका लागि, देशमा हिन्दु राज्य ल्याउन, राजतन्त्र पुनस्थापित गर्न, देशमा व्याप्त भ्रष्टाचार अन्त गर्न, देशमा व्याप्त भ्रष्टाचार अन्त गर्न राप्रपालाई जनताले मत दिँदैछन् ।
राप्रपाले यो क्षेत्रलाई राम्रो क्षेत्रको रुपमा लिएको छ, मतदाताको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
देश जर्जर अवस्थामा पुगेको छ, यो अवस्था बाट देशलाई पार लगाउन राप्रपाले मात्र केही गर्छ भनेर मतदाताको विश्वास लिएर बसिरहेका छन् । अब युवाहरुको पालो भनेर राप्रपाले सन्देश दिएको छ । प्रमुख दलहरुले धर्म नास गरिसकेँ । अब धर्म बचाउन र देशलाई बचाउन पर्छ भनेर राप्रपालाई मत दिन प्रतिक्षा गरिरहेका छन् । जनताले हिन्दु धर्म ल्याउन, राजसंस्था ल्याउन, भ्रष्टाचार हटाउन, राप्रपालाई मत दिन प्रतिक्षा गरिरहेका छन् ।
तपाई निर्वाचित भइसकेपछि प्रतिबद्धतापत्रमा भएका सबै कुरा पूरा गर्नु हुन्छ त ?
म मेरो प्रतिबद्धता अनुसारका कार्य पनि प्रतिवद्ध छु, म एक दुई गरेर प्रतिवद्धता अनुसार कार्य गर्ने छु, म जनतालाई बिर्सेर कमाउ धन्दामा लाग्ने छैन । म इमान्दार रुपमा आफ्ना प्रतिवद्धता पूरा गर्ने छु ।
अन्तमा मतदातालाई सन्देश दिनुस न ?
विकासका लागि राप्रपा, हिन्दुवादीको लागि राप्रपा, राजसंस्थावादीको लागि राप्रपा । त्यसैले अब हरेक तह र तप्कामा रहेका मतदाताले विवेक पु¥याएर मतदान गरिदिनुहोला । तपाईको अमूल्य मतले देशमा ठूलो परिवर्तन हुनेछ । राप्रपाले जितेमात्र जनताको एजेण्डाको जित हुनेछ ।