अहिलेको राजनितिक अवस्थालाई कसरी लिनु भएको छ ?
नेपालको राजनितिक अवस्थामा त्यति सुध्रेला जस्तो देखिदैन । देश बनाउन भनेर आउनेहरु आफु बन्नेतिर उन्मुख छन् । र निर्वाचनमा पनि त्यहि खिचडी पकाउने गरी जनताले मतदान गरेका रहेछन् । सार्वभौमसत्ताका मालिक भनेर देखिएता पनि आफ्नो सावैभौम अधिकार प्रयोग गर्न विभिन्न वहानामा चुक्दा रहेछन् । अनि देश सकरात्मक दिशातर्फ कसरी जान्छ ?
यस पटकको निर्वाचन परिणामलाई कसरी लिनु भएको छ ?
जस्तो निर्वाचन परिमाण आए पनि स्वीकार्नै पर्छ । तर मतदाताले अहिले मैले भने जस्तै विवेक पु¥याउन चाही चुक्ने गरेका छन् । र त्यसको मार पाँच वर्षमा आफै भोग्नु पर्दो रहेछ । चुनाव भन्दा अगाडि देशको बारेमा, व्यवस्थाको बारेमा संवेदनशीलता देशाउनेहरु ठ्याक्कै चुनावमा भने हार्दा रहेछन् ।
राप्रपाले पाएको सिट संख्याले तपाईहरु सन्तुष्ट हुनुहुन्छ ?
परिवर्तनको संवाहक राप्रपा भएकोले र पुराना सबै पार्टीहरुको शासन देखिसकेका र भोगि सकेकाले जुन यस पटक वैकल्पिक शक्तिका रुपमा राप्रपा आउने आंकलन गरेका थिए , सामाजिक सञ्जालका हुइयाले आशा गरे अनुरुप परिणाम ल्याउन सकेन ।
राप्रपाले सोचे जस्तो परिणाम ल्याउन सकेन भन्न खोज्नु भएको हो ?
सोचे जस्तो परिणाम त कुनै पनि पार्टीले पनि ल्याउन सकेन । तर हाम्रो आशा थियो , ९२ प्रतिशत अँकार परिवार रहेको मुलुकमा सदैव हिन्दु राष्ट्र चाहिन्छ , संघीयता खारेज गर्नु पर्छ , राजा चाहिन्छ भन्नेहरुबाट समेत मतदानको समयमा राप्रपाले आशातीत मत प्राप्त गर्न सकेन । अब यो कसको कमजोरी भन्ने । प्रष्ट रुपमा विचार बोकेको , एजेण्डा बोकेको पार्टी राप्रपा हो भनेर जान्दा जान्दै , कुरा गर्दा गर्दै रातारात मत परिवर्तन हुनु र्दुभाग्य हो ।
अब निर्वाचनपछि राप्रपा कसरी अघि बढ्छ ?
राप्रपाले जहिले पनि जनताको पक्षमा , राष्ट्रियताको पक्षमा , हिन्दु राज्य र राजसंस्थाको पक्षमा , भष्टाचारको विरुद्ध , देशमा सुशासन कायम हुनुपर्छ भनेर आवाज वुलन्द गर्दै आएको हो र आगामी दिनमा पनि यसलाई सशक्तरुपमा उठाउने छौं ।
सरकारमा जाने नजाने वारे फरक फरक धार रहेको देखिन्छ । यस बारे तपाई के भन्नु हुन्छ ?
सरकारमा जाने नजाने वारे जिवित पार्टीमा छलफल , मन्थन हुन्छ । र निष्कर्षमा पुगिन्छ । त्यसै बीचमा राप्रपाको केन्द्रीय कार्यसम्पादनले सरकारमा जाने निर्णय गरेको छ । राप्रपाले सरकारमा सहभागी हुन राखेको शर्तमा राष्ट्रियता , राष्ट्रिय एकता , सुशासन , विकासका एजेण्डा र सेवा प्रवाहलाई सरकारको न्युनतम साझा कार्यक्रममा समावेश गरेर जाने भन्ने रहेको छ । हामीले पृथ्वी जयन्ती राष्ट्रिय पर्वका रुपमा मनाउन र त्यसदिन सार्वजनिक विदा दिनु पर्ने माग राखेका छौँ । त्यस्तै हामीले उठाउदै आएका प्रमुख मुद्दाहरु हिन्दु राष्ट्र, राजासहितको प्रजातन्त्रप्रति सरकार गम्भीर हुदै जाने , संघीययताको खारेजीमा सरकारलाई सकरात्मक बनाउदै जाने सोचका साथ हामी सरकारमा सहभागी हुनुपर्छ ।
राप्रपाले अब के कस्तो रणनिति लिएर अघि बढ्नु पर्ला ?
सरकारमा जाँदा राप्रपाले पाउने मन्त्रालयहरुमा प्रत्येकमा सेवा ग्राहीलाई सेवा पु¥याउने , बिना झन्झट जनताका आवश्यकता पूर्ति गर्न दत्तचित्त हुने र राप्रपा आउदो दिनमा मुलुकलाई नेतृत्व दिन सक्ने सक्षम पार्टी हो भन्ने आम जनमानसमा अनुभुत दिलाउदै जानु पर्छ ।
राप्रपाले लिएको एजेण्डाहरु स्थापित गर्न तपाईहरु कसरी अघि बढ्नु हुन्छ ?
हरेक ठाउँहरुमा राप्रपाले आफ्नो एजेण्डा स्थापित गराउन क्रियाशिल रहनेछ । हरेक मञ्च, हरेक ठाउँहरु प्रयोग गर्दै खुला स्पमा जनता माझ वहस चलाउदै सर्मथन जुटाउदै अघि बढ्ने छ ।
अन्तमा देशवासीलाई सन्देश दिनुस् न ?
सार्वभौम सत्ताका मालिक नेपाली जनताले दिन पाएका एउटा मतबाट सार्वभौम अधिकार सम्पन्न जनता भएको प्रमाणित गर्छ । त्यसलाई प्रयोग गर्न चुक्दै जाने हो भने देशको भावी सन्ततीका लागि हामी कालो इतिहास प्रमाणित हुनेछौँ । मुल रुपमा संविधानका धेरै व्यवस्थाहरुमा त्रुटि पूर्ण छ, जसका कारण बेला बेलामा विभिन्न संवैधानिक संकटहरु , वेतिथिहरु प्रकट हुने गरेका हुन् । त्यसकारण अबको विकल्प भनेको संवैधानिक राजतन्त्र हो । यहि विकल्प बोकेको राप्रपालाई साथ र सहयोग गरि दिनु होला । जनतामाझ गएर हाम्रा एजेण्डा स्थापीत गर्छाै ।