सेयर बजार निरन्तर उकालोमा, पाँच अर्बभन्दा बढीको कारोबार

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं- साताको दोस्राे दिन सोमबार पनि सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचकमा ४६.७६ अंकले वृद्धि भई २२११.३८ विन्दुमा पुगेकाे हाे । आज २.१६ प्रतिशतले सेयर बजार बढेको छ।

आइतबार सेयर बजारमा २०.५५ अंककाे वृद्धि भएकाे थियो भने पाँच अर्बभन्दा बढीको कारोबार भएको थियो । सोमबार २५७ कम्पनीको कारोबार हुँदा एक करोड ४६ लाख ७६ हजार २०६ कित्ता सेयर किनबेच भयाे । यस्तै, पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज रिडी पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएकाे छ । यस कम्पनीको २० करोडभन्दा बढीको सेयर बिक्री भएको छ । यता, वरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी जलविद्युत्, जोशी हाइड्रोपावर, हिमालयन उर्जा, युनियन हाइड्राेपावर, सिंगटी हाइड्रो इनर्जी र खप्तड लघुवित्तमा १० प्रतिशतले वृद्धि भएको हो ।

कुल १७३ कम्पनीमा उकालो लागेको छ भने ३१ कम्पनीमा ओरालो लागेको छ । ६ कम्पनीकाे मूल्य भने स्थिर रहेको छ । आज १३ उपसूचकमध्ये होटल तथा पर्यटनबाहेका सबै उपसूचकमा हरियाली छाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *