राप्रपा अस्थिरताको कारक बन्ने छैनः लिङ्देन

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा जनताले सबै दललाई मिलेर देश चलाउन म्यान्डेड दिएको बताएका छन्। सोमबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।

जनताले कुनै पनि दललाई विश्वास नगरेको उनको तर्क छ। उनले भने, ‘जनताले कुनै एउटा राजनीतिक दललाई विश्वास गरेनन्। सबै दल मिलेर  देश चलाउन जनताको म्यान्डेड छ।’ कसैलाई पनि निषेध गरेर आफूहरु अघि ब‍ढ्ने पक्षमा नरहेको उनले बताए। साथै राप्रपा मुलुकको अस्थिरताको कारक नबन्ने स्पष्ट पारे।

उनले भने, ‘हामी कसैले कसैलाई निषेध गरेर अघि बढ्छौँ भन्ने छैन। देशलाई शिरमा राखेर मुलुकका समस्या सामूहिक रूपमा समाधान गर्नुपर्ने छ। राप्रपा मुलुकको अस्थिरताको कारक बन्ने छैन।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *