कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारकाे निर्मम छानबिन हुन्छ: रवि लामिछाने

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडाैँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जुनसुकै कालखण्डमा भएकाे भ्रष्टाचार भए पनि निर्मम तरिकाले छानबिन हुने बताएका छन्।

प्रतिनिधिसभाको पहिलो बैठकमा बाेल्दै सभापति लामिछानेले यस्ताे बताएका हुन्।‘भ्रष्टाचारका पुराना फाइल फुकाउन, छानबिन गर्न सरकारले सहयोग गर्नेछ भन्ने विश्वासमा छौँ, त्यसको प्रतीक्षामा छाैँ। कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको निर्मम छानबिन हुन्छ। आपराधिक कृयाकलापको छानबिनमा कसैले पनि प्रभावमा नपार्नूहोला’, उनले भने।

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले राजनीतिमा नयाँ पार्टी आउनू सामान्य कुरा भएकाे जनाउँदै आफ्नाे पार्टीले आशाकाे मत प्राप्त गरेकाे बताए।

‘नेपाली राजनीतिमा नयाँ पार्टी आउनु ठूलो होइन। हाम्रो दलले प्राप्त गरेको मत आशाको मत हो, निराशाको मत होइन। पूराना दललाई सचेत गराउने गरी, हामी अघि बढ्ने गरी जनताले मत दिएका छ्न्। जसरी सरकार बनेको छ त्यो जनमतको सम्मान हो’, उनले भने। सभापति लामिछानेले सरकारको न्यूनतम साझा कार्याक्रमले जनजीविकाका सवालमा निर्मम र खरो भएर काम गर्ने पनि विश्वास दिलाए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *